![साग विजेता खेलाडीहरूलाई यसरी गराइयो नगर परिक्रमा [तस्वीरमा हेर्नुहोस्]](https://lktcdn2.prixacdn.net/media/IMG_2738_oiYrVpvJ37.png)
१३ औं दक्षिण एसियाली खेलकुद (साग)का विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराएको छ ।
नगर परिक्रमा गर्नु अगाडि राखेपका पदाधिकारीहरूले खेलाडी तथा प्रशिक्षकलाई फूलमाला तथा अबिरले स्वागत गरेका थिए । नेपाली सेनाको ब्याण्ड बाजाको टोलीसहित खेलाडीहरूले नगर परिक्रमा शुरू गरेका थिए ।
दिउँसो १ बजे दशरथ रंगशालाबाट शुरू भएको र्याली न्यूरोड, इन्द्रचोक, असन, जमल, भद्रकाली, माइतीघर मण्डला, पुलचोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायक, र फर्किएर माइतिघर हुँदै दशरथ रंगशालामा टुंगिनेछ ।
बिहान ११ बजेदेखि शुरू हुने भनेको कार्यक्रम वर्षाका कारण २ घण्टा ढिलो गरी शुरू भएको हो ।



