२३ असार २०८३, मंगलबार

सरकारले उपहार दिएको बाक्लो ज्याकेट लगाएर खेलाडीले गरे शहर परिक्रमा

मंसिर २७, २०७६
सरकारले उपहार दिएको बाक्लो ज्याकेट लगाएर खेलाडीले गरे शहर परिक्रमा

दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करणमा नेपालका तर्फबाट खेलेका खेलाडीहरूले सरकारले दिएको बाक्लो ज्याकेट लगाएर नगर परिक्रमा गरेका छन् । 

बिहिवार साँझदेखि देशैभरि चिसो बढेर विभिन्न ठाउँका जनजीवन प्रभावित भएका बेला खेलाडीलाई सरकारले ज्याकेट उपहार दिएको हो । 

ज्याकेट लगाएर खुशी मुद्रामा उनीहरू शुक्रवार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुर परिक्रमा गरेका थिए । 

दिउँसो १ बजे दशरथ रंगशालाबाट शुरू भएको र्‍याली न्यूरोड, इन्द्रचोक, असन, जमल, भद्रकाली, माइतीघर मण्डला, पुलचोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायक, र फर्किएर माइतिघर हुँदै दशरथ रंगशालामा टुंगिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्