१७ असार २०८३, बुधबार

बोतलको पानी पिउनुहुन्छ ? आजैबाट छोड्नुस् !

कात्तिक २०, २०७४
बोतलको पानी पिउनुहुन्छ ? आजैबाट छोड्नुस् !
काठमाडौं-  तपाईं घरबाहिर निस्कँदा पानी प्यास लाग्न सक्छ । त्यसबेला तपाईंको ध्यान बोतलको मिनरल वाटर किन्नतिर जान्छ ।


हुन पनि बोतलमा बाहेक अरू पानी हत्तपत्त पाइँदैन बजारमा । यात्रामा जाँदा पनि त बोतलकै पानी पिउने हो ।

तर बोतलको पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । प्लास्टिक बनाउनका लागि प्रयोग हुने पदार्थ र तेलले रोग लगाउँछ । अमेरिकाको डेट्रोइटमा गरिएको एक परीक्षणमा दुई डलर (२०० रुपैयाँ) पर्ने बोतलको पानी धाराको पानीभन्दा कम गुणस्तरको भएको पाइयो । बोतलको पानीको स्वाद पनि रद्दी थियो ।

तैपनि मान्छेहरू किन बोतलको पानी रुचाउँछन् ? बोतल कम्पनीहरूले धाराको पानीको भन्दा दुई हजार गुणा बढी मूल्य किन राख्छन् ? दश हजार डलर तिरेर प्लास्टिकमा स्यान्डविच बेरेर कसैले बेच्यो भने मान्छेले किन्छन् ?

खासमा पानी बेच्ने कम्पनीहरूले सन् १९७० तिर कोकाकोला जस्ता सफ्ट ड्रिंक बेच्ने गर्थे । तर सफ्ट ड्रिंक असाध्यै अस्वस्थकर हुन्छ भन्ने थाहा पाएपछि मान्छेले त्यो पिउन छोडेर धाराको पानी पिउन थाले ।

यसको साटो ती कम्पनीहरूले बोतलमा पानी राखेर बेच्न थाले । शुरुमा यसरी पानी बेच्दा मान्छे हाँसे । ‘हावा पनि बोतलमा भरेर बेच्नु क्या’ समेत भनेर उडाए मान्छेले ।

त्यसपछि कम्पनीहरूले कृत्रिम रूपमा माग सिर्जना गरे । विज्ञापनहरूमा उनीहरूले धाराको पानी पिउँदा अनेकथरी रोग लाग्छ भनी भ्रम फैलाए । धाराको पानी त नुहाउन वा लुगा धुन मात्र काम लाग्छ भने । अनि पिउने पानीको बोतलमा पहाड र हिमालको चित्र छापेर यो नै शुद्ध पानी हो भने ।

यो मान्छेलाई मूर्ख बनाउने चाला हो । फिल्टर गरिएको धाराको पानी नै बोतलमा हाल्ने हुन् कम्पनीले । अझ नेपालमा त खोलाको पानी सिधै बोतलमा हालेर पनि बेच्छन् ।

खासमा प्लास्टिक वातावरणका लागि अत्यन्त हानिकारक वस्तु हो । प्लास्टिक दीर्घजीवी हुन्छ, लामो समयसम्म यसलाई नष्ट गर्न सकिन्न । बोतल बनाउँदा पेट्रोलियमको प्रयोग हुन्छ । अनि मान्छेले जथाभावी बोतल फ्याँक्दा वातावरणमा नकारात्मक असर पर्छ ।

आजैदेखि छोडिदिनुस् बोतलबाट पानी पिउन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्