१९ असार २०८३, शुक्रबार

सचेत हुनुस् रुघाखोकी बिग्रेला, यसरी बच्न सकिन्छ

मंसिर २८, २०७६
सचेत हुनुस् रुघाखोकी बिग्रेला, यसरी बच्न सकिन्छ

चिसो मौसममा रुघाखोकीले सताउन सक्छ।  त्यसमा पनि धुवााधूलो लगायतका कारण रुघा खोकी लगातार लागिरहने समस्यमा हुने गरेको छ। अहिले काठमाडौँ उपत्यका लगायतका सहरमा प्रदूषण बढ्दो क्रममा छ।
 मौसमी रुघाखोकीमा सतर्क हुन चिकित्सकहरुले सुझाव दिने गरेका छन् । 

रुघा लागेमा आफैले मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ भने त्यसो गर्नु प्रत्युत्पादनक हुन सक्छ । त्यसैले रुघा लागेमा त्यसलाई सामान्य ठानेर जथाभावी औषधी खाँदा समस्या उत्पन्न हुन सक्छ । 

रुघाखोकी बिग्रेस निमोनिया भएपछि तथा स्वास प्रश्वास सम्बन्धी पुराना रोग भएकाहरु दम बढेर अन्योलमा परेपछि मात्र अस्पताल जाने प्रचलन रहेको छ । यस बाहेर घाँटी दुख्ने आँखा चिलाउने ज्वरो आउँने। शरीर दुख्ने, सुख्खा खोकी लाग्ने लगातका समस्या उत्पन्न हुन्छ । पसलबाट आफूखुसी औषधि किनेर खाँदा कतिपय अवस्थामा समस्या उत्पन्न हुनसक्छ ।  त्यसैले चिकित्सकको सल्लाहविना औषधिको प्रयोग गर्न हुँदैन । 

मौसम परिवर्तन हुँदा देखिने मौसमी फ्लुको समयमै उपचार नगर्दा विशेष गरी बालबालिका र दमका रोगीहरूलाई यसले बढी दुःख दिने भएकाले यस्ता उमेरकालाई विशेष सतर्क रहन चिकित्सकको सुझाव छ । मौसमी रुघाखोकीको बेलैमा उपचार नगर्दा युवाहरूमा पनि किटाणुजन्य संक्रमणले जटिलता ल्याउने भएकाले सबैले सचेत रहनुपर्ने उनीहरू बताउँछन्।

सकेसम्म सामूहिक भेटघाटमा कम जाने, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मास्कको प्रयोग गर्न नछुटाउने, सार्वजनिक गाडी तथा भवनका झ्याल, ढोका, चुक्कुल आदि छोएपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ । किनकि यस्ता स्थानबाट फ्लुका भाइरस एकबाट अर्कोमा सर्ने खतरा हुन्छ । यस्तै प्रभावित व्यक्तिनजिक बस्दा पनि भाइरस सर्ने भएकाले मास्कको प्रयोग गर्नुपर्ने चिकित्सको सल्लाह छ।

होसियारी अपनाउँदा अपनाउँदै पनि मौसमी रुघाखोकीको संक्रमण भइहालेमा भने युवा तथा प्रतिरक्षा क्षमता बलियो भएकाहरू एकरदुई घरैमा  आराम गरेर बस्ने, झोलकुरा प्रशस्त खाने, रुघाखोकीमा राहत दिने किसिमका खानेकुराहरू खाने, धुलो र चिसोमा बढी नहिंड्ने गरेमा केही दिनमा निको पनि हुन सक्छ।

तर दम, दीर्घरोगी, बालबालिका, वृद्धहरूले भने रुघाखोकीका लक्षण देखिनेबित्तिकै चिकित्सकको निर्देशनमा औषधि लिनुपर्ने चिकित्सकको सुझाव छ।  

salt training

कमेन्ट गर्नुहोस्