कालिञ्चाेक रिजर्भ गएर फर्किँदै गरेकाे बस सिन्धुपाल्चोकको मुडेमा दुर्घटना भएको छ ।
भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरी प्रवक्ता एवं डीआईजी विश्वराज पोखेरेलले दुर्घटनामा १२ जनाको मृत्यु तथा १८ जना घाइते भएको लोकान्तरलाई जानकारी दिए ।
बस सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।