
समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टी संगठनको विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा दिउँसो १ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए ।
स्थायी कमिटी बैठकअघि सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी भएका छन् ।
स्थायी कमिटी बैठकको अध्यक्षता अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले गर्ने तयारी गरेका छन् ।
बैठकको अध्यक्षता गर्नेगरी प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाइएपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।
प्रचण्डले यसबीचमा सचिवालयका दुईवटा बैठकको अध्यक्षता गरेका छन् । नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि बस्न लागेको हो । २०७५ मंसिर २९ यता सचिवालय बैठक बस्न सकेको छैन ।