०९ साउन २०८३, शनिबार

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय राजदूत पूरीको बिदाइ भेट

मंसिर २९, २०७६
परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय राजदूत पूरीको बिदाइ भेट

आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाई भेट गरेका छन् ।

आइतवार बिहान परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न पुरी सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।

भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । पुरीले सीमा विवाद हल गर्न भारत तयार रहेको बताएका थिए ।

पुरी २०१७को मार्चमा नेपालका लागि राजदूत बनेर आएका थिए । करीब २ वर्ष ९ महिना भारतीय राजदूतका रूपमा नेपाल बसेका पुरी यसअघिका राजदूतभन्दा कम विवादित मानिन्छन्  ।

salt training

कमेन्ट गर्नुहोस्