२४ जेठ २०८३, आइतबार

यूएनको गाडी ‘नो पार्किङ’मा भेटिएपछि ...

मंसिर २९, २०७६
यूएनको गाडी ‘नो पार्किङ’मा भेटिएपछि ...

संयुक्त राष्ट्र संघ (यूएन)को गाडी ‘नो पार्किङ’मा पार्क गरेको भेटिएपछि ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानु चोकमा आइतवार बिहान नो पार्किङमा पार्क गरेर राखिएको यूएनको गाडीलाई ट्राफिक प्रहरीले ह्वीलर लगाएर कारवाही गरेको छ । 

‘बिहान ९ बजेतिर युएनको ६६—८—१३—२१ नम्बरको गाडी नो पार्किङ एरियामा पार्क गरेर राखिएको अवस्थामा भेटिएपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले व्हीलर लगाएका हुन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक परशुराम घिमिरेले भने, ‘गाडी चालकसँग सवारी चालक अनुमति पत्र लिएर गाडीलाई छाडिएको छ ।’

सवारी चालक अनुमति पत्र लिएर आवश्यक जरिवाना तिरेपछि उक्त चालक अनुमति पत्र दिइने उनले बताए । गाडीमा ह्वीलर लगाएको भएपनि गाडी नै झिकाएर होल्ड गरेर कारवाही गर्ने प्रावधान नभएकाले गाडीलाई छाडिएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्