२९ जेठ २०८३, शुक्रबार

बिक्रीमा सुनको ट्वाइलेट, कति पर्छ मूल्य ?

मंसिर २९, २०७६
बिक्रीमा सुनको ट्वाइलेट, कति पर्छ मूल्य ?

तपाईं ट्वाइलेटका लागि कतिसम्म खर्च गर्न सक्नुहुन्छ ? चीनका महाधनीहरूले त्यसका लागि १८ करोड रुपैयाँभन्दा बढी खर्च गर्न लागेका छन् । 

शांघाईमा आयोजित एक व्यापार मेलामा बुलेटप्रूफ सीट सहितको सुनौलो ट्वाइलेट बिक्रीमा राखिएको छ । त्यसमा ४० हजार भन्दा बढी हीराहरू जडिएको छ । 

हङकङमा बनेको यो ट्वाइलेट आरोन शम नामक कम्पनीले बनाएको हो । 

चिनियाँ सेलेब्रिटी र धनीमानीहरूले उक्त कम्पनीका गरगहना उपयोग गर्ने गरेका छन् । 

कम्पनीका अनुसार, ट्वाइलेटको सीट बुलेटप्रूफ शीशाले बनेको छ भने त्यसमा ४० हजार ८१५ वटा हीरा जडिएका छन् । यसको कुल तौल ३३४.६८ क्यारेट छ । 

कम्पनीका मालिक शमले ट्वाइलेट किन्न कोही आए नआएको खुलासा गरेका छैनन् । 

तर आफूले यसलाई बेच्न नचाहेको उनले बताए । 

‘हामीहरू हीराको कला संग्रहालय बनाउन चाहन्छौं ताकि मानिसहरूले त्यसको आनन्द उठाउन सकून्,’ उनले भने ।

उनले ट्वाइलेटमा सबभन्दा धेरै हीरा जड्ने कीर्तिमान बनाउन खोजेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्