१७ असार २०८३, बुधबार

यूएचईईएमको आधिकारिक लोकार्पण सम्पन्न

मंसिर २९, २०७६
यूएचईईएमको आधिकारिक लोकार्पण सम्पन्न

नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोइथ अन्तर्गतको कम्पनी युनाइटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स (UHEEM) अर्थात् UHEEM को आधिकारिक लोकार्पण सम्पन्न भएको छ ।

धुम्बाराहीस्थित हेडक्वार्टस् रहेको यस कम्पनीको लोकार्पण कार्यक्रम हायात रिजेन्सीमा आइतवार भव्यताका साथ सञ्चालन गरिएको थियो ।  

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरू भित्र्याई निर्माण कार्यहरू सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यातनिर्माण कम्पनीहरू जस्तै सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरू: एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।

UHEEM ले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरूमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरूको प्रयोग हुन्छ जुन ह्युण्डाई, कोमात्सुजस्ता कम्पनीहरूमा समेत हुने गर्दछ ।

नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरू कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तर्राष्ट्रिय स्तरका उपकरणहरूको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहिआएको छ ।        

क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरूको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको UHEEM ले निर्माण उपकरणहरूको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन ।

ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरूका साथै हाईड्रोपावरहरूका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरू धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरूमा सफलतापूर्वक संचालन हुँदै आएको छ । 

UHEEM को धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस, पार्टस्हरू सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्