नेपालका चर्चित वीयर ब्रान्डहरूको उत्पादक यति ब्रूअरी प्रा. लि.ले आफ्नो नयाँ उत्पादन ‘अर्ना एट (८)’ नेपाली बजारमा सार्वजनिक गरेको छ । छोटो अवधिमै ग्राहकहरूमाझ लोकप्रिय बनेको अर्ना ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट (८)’ नेपाली वीयरमध्येकै सर्वाधिक ८ प्रतिशत ‘अल्कोहल’ भएको ‘स्ट्रङ’ वीयर हो ।
‘स्ट्रङ’ वीयरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘द स्ट्रङ्गेस्ट वीयर’– ‘अर्ना एट (८)’ स्वादमा पनि उत्तिकै उत्कृष्ट रहेको छ । ‘अर्ना एट (८)’ वीयर ३३० मि.लि र ६५० मि.लि दुवै बोतलहरूमा उपलब्ध छ ।
ग्राहकहरूको सहजतालाई मध्यनजर गरी यी दुवै बोतलहरूमा ‘पूल अफ क्याप’ राखिएको छ जसका कारण यसलाई खोल्न ‘ओपनर’ आवश्यक पर्दैन । सिधै बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यक नपर्ने भएका कारण ३३० मि.लि को ‘अर्ना एट (८)’ विशेषगरी युवापिंढीमाझ चाँडै लोकप्रिय हुने अपेक्षा कम्पनीले लिएको छ ।
चित्तवनको चैनपुरस्थित अन्तर्राष्ट्रियस्तरको वीयर प्लान्टबाट उत्पादित ‘अर्ना एट (८)’ ३३० मि.लि को बजार मूल्य रू १४० र ६५० मि.लि को मूल्य रू २७५ मात्र रहेको छ । ३३० मि.लि को ‘ अर्ना एट (८)’ एक कार्टुनमा २४ बोतल हुन्छ भने ६५० मि.लि को एक कार्टुनमा १२ बोतल हुन्छ ।
स्वाद, गुणस्तर, प्याकेजिङ र मूल्यलगायत सबै दृष्टिकोणबाट ‘ अर्ना एट (८)’ उच्चस्तरीय छ । वीयरपारखीहरूको फरक–फरक रोजाइ एवं स्वादअनुरूप अर्ना ब्रान्ड अन्तर्गत ‘ अर्ना एट (८)’ सँगसँगै ‘अर्ना लाइट’, ‘अर्ना प्रिमियम’ र ‘अर्ना स्ट्रङ’ पनि बजारमा उपलब्ध छन् ।