
टोरन्टो, २८ चैत - प्रबासी नेपाली मंच, क्यानाडाको प्रथम रास्ट्रिय अधिवेसन आईतवार क्यानाडाको टोरोण्टो शहरमा सम्पन्न भएको छ । करिव ३०० जनाको नेपालीहरुको उपस्थिति रहेको अधिबेशनमा टोरोन्टोमा रहेका सम्पुर्ण नेपाली समुदायका संघ सस्थाहरु झन्डै १ दर्जन भन्दा बढिको सहभागिता रहेको थियो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो तर ओली उपचारका लागि बैंकक हिँडेपछि उनले लिखित शुभकामना मन्तब्य पठाएका थिए ।
ओलीले शुभकामना शन्देशमा नेपालको राजनैतिक परिर्वतन र लोकतन्त्र तर्फको यात्रामा प्रवासी नेपालीहरुको साथ सहयोग अनुपम रहेको र देश विदेश जहाँ रहे पनि गर्वका साथ नेपाली हुँ भन्ने भावनाको प्रशंसा गरेका छन ।
ओली अनुपस्थित भए पछि कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रवासी नेपालि मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष संजय थापाले पानसमा बत्ति बालेर अधिवेशनको औपचारिक उद्द्घाट्न गरेका थिए ।
अधिवेशनको बन्दशत्रले ५१ सदस्यीय नयाँ केन्द्रीय कमिटिको निर्बिरोध चयन गरेको छ । रमेश कुमार थापाको अध्यक्षतामा बनेको कमिटीको उपाध्यक्षहरुमा पशुपति पोखरेल, कुसुम ज्ञावाली, रविन्द्र घिमिरे रहेका छन् । महासचिवमा विश्वम्भर घिमिरे सचिवमा वेदनिधी गौतम, सुवास गिरी, सुजता गुरुङ चयन भएका छन ।
कोषध्यक्षमा शान्तराम सापकोटा चयन भएका छन ।
प्रवासी नेपाली मञ्च एमाले निकट प्रवासीहरुको विश्व भरी फैलिएको संगठन हो । यसलाई एमालेले आफ्नो जिल्ला कमिटी सरहको मान्यता दिएको नव निर्वाचित कमिटीका महासचिवमा विश्वम्भर घिमिरले जानकारी दिएका छन । कमिटीको कार्यकाल ४ बर्षको हुने छ ।