
दक्षिण भारतकाे केरलाकी यी चार बहिनी एउटै दिन जन्मिए, चारैले पूरा जीवन एउटै छतकाे तल गुजारे।
एउटै खाना खाए र उस्तै कपडा लगाए। यति मात्र हाेइन २५ वर्ष उमेरसम्म स्कूलमा पनि सँगै बसे। अब चारै बहिनी विवाह पनि एउटै दिन गर्ने भएका छन्।
यी चार बहिनी र उनका एक भाइ एउटै दिन जन्मिएका थिए। र, यही कारण याे परियार स्थानीय मिडियामा जहिल्यै चर्चित रह्ये।
यी चार बहिनी: उत्तरा, उत्तरजा, उत्तारा, उत्तामा र उनीहरुका भाइ उत्तराजनकाे जन्म १८ नाेभेम्बर १९९५ मा भएकाे थियाे।
अब यी चार बहिनीले अागामी वर्षकाे २६ अप्रिलमा एकसाथ विवाह गर्ने योजना बनाएका छन्।
याे वर्ष सेप्टेम्बरमा चार बहिनीकाे मगनी समारोह थियाे। तर चार बेहुलामध्ये तीन आउन पाएनन्। किनकी उनीहरु मध्य-पूर्वमा जागिर गर्छन्।
भारतमा विवाहका लागि धेरै पैसा खर्च हुन्छ। ख़र्च कम गर्न भाई-बहिनीकाे विवाह एउटै दिन एकै साथ गरिदिने प्रचलन छ।
यी चार बहिनीकाे पनि सँगै विवाह गर्दा खर्च घट्ने छ। तर यिनीहरुले एउटै दिन विवाह गर्नुकाे भावनात्मक कारण मुख्य हाे ।
चार बहिनी र एक भाइका मातापिता यिनीहरुकाे जन्म भएकाेमा धेरै खुसी भएका थिए। बीबीसी हिन्दीबाट