
नेपाल मेडिकल काउन्सिलले ८ सय ६२ चिकित्सकलाई तत्कालका लागि बिरामी जाँच्न अयोग्य ठहर गरेको छ ।
काउन्सिलले चारचार महिनामा लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल भएकाले एमबीबीएस तथा बीडीएस उत्तीर्ण भए पनि उनीहरु बिरामी जाँच्न अयोग्य ठहरिएका हुन् ।
चार महिनापछि हुने परीक्षामा पास भएमा मात्रै उनीहरुले बिरामी जाँच्न पाउने काउन्सिलले जनाएको छ । अयोग्य घोषित हुनेमा एमबीबीएसतर्फका ६३१ र बीडीएसतर्फका २३१ जना छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
काउन्सिलले जारी गरेको सूचीमा एमबीबीएसतर्फ ४९ प्रतिशत अर्थात् ६०६ जना र बीडीएसतर्फ ४२ प्रतिशत अर्थात् १६८ जना पास भएका छन् ।