
कहिलेकाहीँ छालाभित्र नङ पलाएर दुःख पाइन्छ । यस्तो बेलामा अपरेसन नै गरेर नङ निकाल्नुपर्ने स्थिति आउँछ । तर अपरेसनकै हदमा पुग्नुपर्दैन । यहाँ हामी सजिला घरेलु उपाय बताउँछौं जसले तपाईंको समस्या समाधान गरिदिन्छन् ।

ढिक्के नून
ढिक्के नूनले धेरैथरी रोगको उपचार गर्छ । भित्रभित्रै नङ बढ्ने समस्या पनि यसले ठीक पार्छ ।

ढिक्के नूनलाई तातो पानीमा हाल्नुस् । अनि आधी घन्टासम्म त्यो पानीमा औंला चोप्नुस् । नङवरपरको टिस्यु काट्नका लागि छाला नरम बनाउनुपर्ने हुन्छ । यसो गर्दा काट्न सजिलो हुन्छ ।

त्यसपछि चिम्टी, कपासको डल्लो, नङकट, क्लिपर लगायतका सामग्री जम्मा गर्नुस् ।

अनि भित्रैभित्रै बढिरहेको नङ काट्नुस् ।

काटिसकेपछि नङ भएको ठाउँ धुनुस् र एन्टीबायोटिक क्रीम लगाउनुस् ।
नङ काटिएको भागलाई एन्टीबायोटिक क्रीमको सुरक्षा आवश्यक हुन्छ । यसले संक्रमण हुन दिँदैन ।

त्यसपछि त्यो ठाउँमा सानो कपासको डल्लो राख्नुस् । डल्लोमा पनि एन्टीबायोटिक क्रीम दल्न नबिर्सनुस् ।

यो सब गरिसकेपछि पूरै नङलाई सफा ब्यान्डेजले छोप्नुस् । ब्यान्डेज सफा हुनुपर्छ है नत्र यतिन्जेल गर्नुभएको सबै कुरा बिग्रन्छ ।
एजेन्सी