२६ जेठ २०८३, मंगलबार

नेपाल विशेष सेवाको गठनसम्बन्धी विधेयकमा कांग्रेसको ध्यानाकर्षण

मंसिर ३०, २०७६
नेपाल विशेष सेवाको गठनसम्बन्धी विधेयकमा कांग्रेसको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । 
 
कांग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत उक्त विधेयकमा भएका व्यवस्थाले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने उल्लेख छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले विधेयकबाट नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भङ्ग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने भन्दै संविधान प्रतिकूल ऐन बनाउने कार्य कांग्रेसलाई स्वीकार्य नभएको उल्लेख गरेका छन् ।

प्रस्तुत भएको विधेयक संविधानमा उल्लिखित मौलिक हकको प्रतिकूल भएको टिप्पणी गर्दै विधेयकलाई तत्काल फिर्ता गर्न कांग्रेस संसदीय दलले माग गरेको छ ।

साथै संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता हित विपरीत हुने खालका विधेयक प्रस्तुत नगर्न सरकारलाई कांग्रेसले सचेत गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्