काठमाडौं, २८ चैत - यही बैशाख १ मा रिलिज हुन लागेको चलचित्र ‘लभ लभ लभ’ टिमले आफ्नो प्रेमकथा पठाएर पैसा जित्ने प्रतियोगिता राखेको थियो । उक्त प्रतियोगितामा ललितपुरकी एलिशा महर्जनले एक लाख हात पारेकी छिन् ।
जम्माजम्मी डेढ सय प्रेमकथा पठाइएकोमा उनको कथा प्रथम भएको हो । आइतबार कार्यक्रमको आयोजना गर्दैै चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले एक लाख हस्तान्तरण गरेकी हुन् ।

कथा छनोट गर्दै निर्देशक दीपेन्द्र के खनालले अन्य कथाको तुलनामा यो कथा राम्रो लागेकोले चयन गरिएको बताए । कार्यक्रममा ‘लभ लभ लभ’ का नायक सुरज पौडेल र स्वस्तिमा खड्का पनि उपस्थित थिए ।
