१७ असार २०८३, बुधबार

जाडोको समयमा यसरी बनाउनुस् मुलायम हात

कात्तिक १६, २०७७
जाडोको समयमा यसरी बनाउनुस् मुलायम हात

जाडो मौसममा त छाला झन् खस्रो हुन्छ। धेरैको ध्यान अनुहारको खस्रोपन हटाउनेतिर मात्र जान्छ । हातको छालामा भएको खस्रो कम गर्न त्यति ध्यान दिइँदैन । तर हातको हेरचाह र नरमपनमा उत्तिकै विचार गर्नुपर्छ। जाडोमा हात मुलायम बनाउन केही घरेलु विधि अपनाउन सकिन्छ।

—दैनिक चिसो पानीमा हात खेलाउनुको साथै लोसन प्रयोग गर्नुस्। यसले हातलाई नरम बनाउनुका साथै छालालाई चम्किलो पनि बनाउँछ।

– हातमा जैतुनको तेलले मालिस ग¥यो भने पनि हात मुलायम बन्छ । जैतुनको तेलमा पर्याप्त मात्रामा एन्टिअक्सिडेट्स हेल्दी फ्याटी एसिड पाइन्छ । यो एसिड हातका लागि ज्यादै राम्रो हुन्छ।

– नरिवलको तेलमा फ्याटी एसिडको मिश्रण हुन्छ । यसले सुख्खा छालालाई नरम बनाउने काम गर्छ ।

– हातलाई कोमल बनाउन मिल्क क्रिम पनि प्रयोग गर्ने सकिन्छ । मिल्क क्रिममा उच्च चिल्लो पदार्थ हुन्छ । यसले नेचुरल मोस्चराइजरको काम गर्ने गर्छ ।

– महले पनि नेचुरल मोस्चराइजरको काम गर्छ । यसमा पनि एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । त्यसैले यसको प्रयोगले हात धेरै कोमल हुन्छ ।

– हातलाई कोमल बनाउन एलोभेरा पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरमा आद्रता ल्याउने काम गर्छ ।

– यसका अलवा हातलाई दही र केराले पनि मालिस गर्न सकिन्छ। यसले पनि हात कोमल हुन्छ। एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्