२१ असार २०८३, आइतबार

अफ्रिकाका बारेमा यी रोचक तथ्य थाहा पाइराख्नुस्

कात्तिक २०, २०७४
अफ्रिकाका बारेमा यी रोचक तथ्य थाहा पाइराख्नुस्

अफ्रिकाका बारेमा तपाईंले धेरै कुरा सुन्नुभएको होला तर यहाँ हामीले जानकारी दिन लागेका तथ्यले त तपाईंलाई तीनछक्कै पार्नेछन् । तपाईंले यसअघि शायद यी तथ्य पढ्नुभएको थिएन होला ।


सन् १९९८ मा अफ्रिकी मुलुक कंगोको कसाइ प्रान्तमा भइरहेको फूटबल म्याचको बेलामा चट्याङ खस्दा एक टिमका सबै ११ खेलाडीको मृत्यु भयो । अचम्मको कुरा त अर्को टिमको एउटा पनि खेलाडीलाई केही भएन । यसमा टुनामुना भएको आरोप लागेको थियो ।

समुद्री घोडा अफ्रिकाको सबभन्दा खतरनाक जनावर हो । यसले सिंह र गोहीभन्दा पनि धेरैचोटि मान्छेलाई आक्रमण गरेर सिध्याउँछ ।

अफ्रिकामा मुर्सी नामक जनजाति छ जहाँका महिलाहरू ओठमा पाँच इन्च ठूलो प्लेट झुण्ड्याउँछन् ।

संसारका जीवजन्तुहरूका सबभन्दा धेरै प्रजाति अफ्रिकामा पाइन्छन् । यहाँ भेटिने हात्ती र जिराफ अन्य देशमा पाइनेभन्दा अग्ला हुन्छन् ।

फेसबूकमा भएका १० करोड युजर अफ्रिकामै छन् ।

अफ्रिकाको कारुइन विश्वविद्यालय संसारकै सबभन्दा पुरानो विश्वविद्यालयमध्ये एक हो । यसको स्थापना ८५९ इस्वी संवतमा भएको थियो ।

संसारको सबभन्दा ठूलो मरुभूमि अफ्रिकामै छ । उत्तरी अफ्रिकामा रहेको सहारा मरुभूमि करीब नौ लाख वर्गकिलोमिटरमा फैलिएको छ ।

अफ्रिकाको कुल जनसंख्याको ६५ प्रतिशत ३५ भन्दा पनि कम उमेरको छ भने कुनै देशको ५० प्रतिशत जनसंख्या त २५ वर्षभन्दा पनि कम उमेरको छ ।

अफ्रिकामा बालश्रम अत्यधिक हुन्छ । यहाँ तीन हजारभन्दा बढी कबिला छन् र यहाँ ४१ प्रतिशत बच्चाहरू बालश्रमको शिकार छन् । तिनको उमेर पाँचदेखि १४ वर्ष छ ।

अफ्रिकामा एड्स भएका मानिस थुप्रै छन् । स्वाजिल्यान्ड भन्ने देशमा त हरेक चौथो व्यक्ति एड्सपीडित छ ।

दक्षिण अफ्रिकामा कुल ११ आधिकारिक भाषा छन् र यही कारण यसलाई इन्द्रधनुषी देश भनी चिनिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्