
काठमाडौं, २८ चैत — क्रिकेटरबाट नेता हुँदै मन्त्री बनेका नवजोत सिंह सिद्धू मुश्किलमा पर्दै गएका छन् । कपिलको शो छोड्नुपर्ने दबाबमा रहेका सिद्धूका विरुद्ध अधिवक्ता एचसी अरोराले मुख्यसचिवलाई एक नोटिस पठाएका छन् ।

द कपिल शर्मा शोमा सिद्धूले कपिलको बिहेका सम्बन्धमा अश्लील टिप्पणी गरेको नोटिसमा लेखिएको छ । नोटिसमा पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहलाई यस विषयमा जानकारी दिनुपर्ने आग्रह गरिएको छ । उनको क्याबिनेटका मन्त्रीले टिभीमा अन्टसन्ट बोलेको अमरिन्दरले थाहा पाउनुपर्ने अरोराको जिकिर छ ।
नोटिसमा अरोराले आफ्नी पत्नी र छोरीका साथ शो हेर्दै गर्दा सिद्धूले कपिललाई छिटो बिहे गर्न भन्दै ४० कटेसी व्यक्तिका कोशिकाहरू शिथिल हुँदै जाने टिप्पणी गरेको उल्लेख गरेका छन् । अरोराका अनुसार यस्तो टिप्पणीले भारतीय दण्ड संहिता अन्तर्गत सूचना एवं प्रौद्योगिकी ऐनको उल्लंघन गर्छ ।
एजेन्सी