०४ साउन २०८३, सोमबार

धनगढी प्रिमियर लिग: सिवाइसी अत्तरियाको विजयी सुरुआत

कात्तिक २०, २०७४
धनगढी प्रिमियर लिग: सिवाइसी अत्तरियाको विजयी सुरुआत
कैलाली, २८ चैत । कैलाली–धनगढीमा आइतरदेखि जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट खेलमा सिवाइसी अत्तरियाले विजयी सुरुआत हासिल गरेको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक कार्यालयको खेल मैदानमा आज भएको पहिलो खेलमा सिवाइसी अत्तरियाले काठमाडाँै गोल्डेनलाई ४० रनले हराउँदै विजयी सुरुआत गरेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४६ रन बनाएको थियो । यसका लागि योगेन्द्रसिंह कार्कीले ५७ रन बनाएका थिए भने ज्ञानेन्द्र मल्लले नटआउट ३४, प्रदीप ऐरीले नटआउट १३, दिलीप नाथले १५ तथा रोशन नेपालले १० रन बनाएका थिए । काठमाडाँैका सोमपाल कामीले २ विकेट लिएका थिए । विजयका लागि १४७ रनको लक्ष्यसहित खेल मैदानमा उत्रेको काठमाडौँ गोल्डेन १८.४ ओभरमा १०६ रनमा अलआउट भएको थियो ।

काठमाडाँैका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनबाहेक अरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सिवाइसी अत्तरियाबाट विनास महराले ४ र विनोद लामाले ३ विकेट लिएका थिए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्