काठमाडौं, २८ चैत–काठमाडौं महानगरपालिकाले बानेश्वर क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण भएका संरचना भत्काएको छ ।
सोमबार दिउँसो महानगरपालिकाले प्रहरी परिचालन गरेर घर तथा पसल भत्काएको हो । बानेश्वरबाट शंखमुल तर्फको सडक मिचेर बनाइएका संरचना भत्काइएको महानगरपालिकाले जनाएको छ ।