

प्रस्तावित सेयर निस्काशनबाट प्राप्त रु दुई अर्ब १० करोडमध्ये रु एक अर्ब सिद्धकाली पावर लि कंले प्रवद्र्धन गर्न लागेको त्रिशूली गल्छी जलविद्युत् आयोजनामा लगानी गरिनेछ । यस्तै रु एक अर्ब १० करोड भने विभिन्न सौर्य परियोजनामा लगानी गर्ने तयारी गरिएको छ ।
यस्तै अपी पावर कंको हालको चुक्ता पुँजी रु एक अर्ब पाँच करोड र जारी पुँजी रु तीन अर्ब रहेकामा पुँजी वृद्धि गरी जारी पुँजी रु चार अर्ब पु¥याउने प्रस्ताव पनि विशेष साधारणसभाले पारित गरेको छ । कंका अध्यक्ष न्यौपानेले कम्पनीप्रति सेयरधनी र शुभेच्छुकले देखाएको विश्वासलाई सम्मान गर्दै थप नयाँ लगानीका अवसर खोजिएको बताउनुभयो । कंले निकट भविष्यमा नै अपर चमेलियालगायत आयोजनामा लगानी गर्न लागेको र त्यसले सेयरधनीलाई थप लगानीका अवसर प्रदान गर्ने उहाँको भनाइ थियो । रासस