१३ असार २०८३, शनिबार

नयाँ आइजीपीको यो कस्तो संयोग !

कात्तिक २०, २०७४
नयाँ आइजीपीको यो कस्तो संयोग !
काठमाडौँ, २९ चैत - सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेको छ । लामो समयपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्यक्षमताका आधारमा अर्याललाई आईजीपी नियुक्त गरेको हो, राजधानीमा खबर छ ।

नवनियुक्त आईजीपी अर्याललाई सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । ५६ दिनदेखि निमित्तको भरमा चल्दै आएको नेपाल प्रहरीको कमान्ड सोमबार रातिदेखि नै उनले लिएका छन् ।

नवनियुक्त आईजीपी अर्यालले अब ठ्याक्कै एक वर्ष नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । दाङको त्रिभुवन नगरपालिका–११ मा १४ असार २०२० मा जन्मिएका नवनियुक्त आईजीपी अर्यालले २९ चैत २०७४ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । संयोग नै मान्नु पर्छ उनी २९ चैत २०४४ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए अर्थात् २९ गतेको अनौठो संयोग बनेको छ  । ३० बर्से सेवा अवधिका कारण उनी आगामी चैतसम्म प्रहरी महानिरीक्षक रहने छन् ।Prakash-Aryal

प्रहरीमा कडा स्वभावका अधिकृतका रूपमा गनिने अर्यालले दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर र कास्कीमा प्रहरी प्रमुख भएर काम गरेका थिए । उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख पनि भए ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका अर्याल तालिम लिने प्रहरी अधिकृतहरूमध्ये पहिलो नम्बरमा पर्छन् । उनले अमेरिकामा एफबिआई तालिमका साथै सिनियर प्रहरी कमान्डो, विशेष व्यक्तिको सुरक्षा, मानवअधिकार, अपराध अनुसन्धान, अपराध व्यवस्थापन, प्रति आतंकवाद कमान्डो तालिम लिएका छन् । साथै उनले विपत व्यवस्थापन, प्रशिक्षक, प्रशिक्षण, जघन्य अपराधसम्बन्धी तालिम पनि लिएका छन् । अर्यालले सिनियर म्यानेजमेन्ट र आतंकवाद अपराध अनुसन्धान र घटनास्थलसम्बन्धी तालिम पनि लिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा अर्यालले मिटर चलाउन नमान्ने, मनपरी भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान नै चलाएका थिए । यसैगरी, सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन चलाएका थिए । त्यसबेला उनले आर्थिक अपराध अनुसन्धानलाई प्राथमिकता दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्