काठमाडौं, २९ चैत– सरकारले प्रकाश अर्याललाई नयाँ आइजीपी नियुक्त गरेपछि आईजीपीका अर्का दाबेदार नवराज सिलवालले आफू अन्यायमा परेको प्रतिक्रिया दिएको नयाँ पत्रिकामा छापिएको छ ।

उनले भनेका छन्– सरकारको निर्णयले म अन्यायमा परेको छु । म प्रजातन्त्र र कानुनको सर्वोच्चतामा विश्वास गर्छु । मलाई नागरिकको पनि साथ छ । न्यायको लागि म फेरि पनि अन्तिम लडाईँ लड्छु ।