काठमाडों, २९ चैत– कैलाली जिल्लाको धनगढीमा रहेको धनगढी इन्जिनियरिङ कलेजले विभिन्न विषयका लागि करिव ६ जना लेक्चरर (अध्यापक) को माग गरेको छ ।
कलेजले एक सूचना प्रकाशित गर्दै सिभिल इन्जिनियर अध्यापक १ जना, म्यानेजमेन्ट अध्यापक एक जना, प्राणी विज्ञान विषय अध्यापक १ जना, बोटानी विषय अध्यापक १ जना, रसायनशास्त्र विषय अध्यापक १ जना र नेपाल विषय अध्यापक १ जना माग गरेको हो ।
