×

NMB BANK
NIC ASIA

प्रचण्ड नायक कि खलनायक ?

प्रचण्ड यात्राः २०६३ असार २ देखि २०७३ असार २ (आज) सम्म

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

२ असार २०६३ को साँझ बालुवाटारमा सार्वजानिक हुनुअघि प्रचण्ड एउटा मिथक थिए । सार्वजानिक हुनु केही साता पहिले प्रचण्डका तस्वीर सार्वजनिक भएतापनि त्यसअघि प्रचण्डबारे सर्बसाधारणका धेरै अडकलबाजी थिए ।

Sagarmatha Cement
Muktinath Bank

कतिपयले राजा ज्ञानेन्द्रलाई नै प्रचण्ड भन्दथे भने कतिपयले जनजाति नेता पद्मरत्न तुलाधरलाई प्रचण्ड ठान्थे । अन्तत: असार २ गते प्रचण्ड बालुवाटारमा प्रकट भए–खरानी रंगको पोसाकमा । त्यतिवेला प्रचण्ड अलि दुब्लो पातलो थिए, भलै उनले भूमिगत अबस्थामा गाउँमा ‘लोकल’ कुखुरा खान्थेँ भनेर केही समय पहिले अन्तर्वार्ता दिएका किन नहुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिक्लेसबाट बालुवाटार


Advertisment
Nabil box
Kumari

तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ शान्तिपूर्ण राजनीतिमा आएको बिहीवार (आज) एक दशक पूरा हुँदैछ । ११ वैशाख २०६३ मा जनआन्दोलन उत्कर्षमा पुगेपछि सरकारसंग निर्णायक वार्ता गर्न प्रचण्ड कास्कीको सिक्लेसवाट तत्कालीन गृहमन्त्री कृष्ण सिटौलासंग हेलिकप्टर चढेर सोझै बालुवाटारमा अवतरण गरेका थिए ।

Vianet communication
Laxmi Bank

बितेको एक दशकमा एमाओवादी र माओवादी आन्दोलनका सर्वोच्च कमाण्डर प्रचण्डको जीवनमा कैयन उतारचढाव आए । कुनै समय यस्तो पनि थियो जब प्रचण्डले संवोधन गर्ने भनेपछि काठमाडौको खुल्लामञ्च दर्शकका लागि साँघुरो हुन जान्थ्र्यो ।

प्रचण्डले चाहेमा एक घण्टामा देश ठप्प हुन्थ्र्यो । अन्तरिम संविधान जारी भएसंगै एकीकृत माओवादी अन्तरिम व्यबस्थापिका संसदमा आएको थियो । एकदिन सरकारले हतियार भित्रायो भनेर हल्ला चल्र्यो, माओवादीले क्षण भरमा देश पप्प पार्यो ।

वाइसियल आतंक

योङ कम्युनिष्ट लिग (वाइसिएल) को स्थापना मार्फत माओवादीले एकताका काठमाडौमैं दोहोरो सत्ताको अभ्यास गर्न खोज्यो । एक दशकमा माओवादीमा आएका उतारचढावको प्रत्यक्ष उदाहरण केही दिन पहिले काठमाडौको खुल्ला मञ्चमा वेरोजगार युवाको नाममा अनसन गरिरहेका चन्द्रवहादुर थापा ‘सागर’ हुन् ।

सागर वाइसिलका उपत्यका इन्चार्ज हुँदा त्यसको गतिविधि यति बढ्यो कि झण्डै प्रहरी शैलीमा बैंक ठगी प्रकरणमा आरोपित सीताराम प्रसाईंलाई खुल्लामञ्चमा ल्याएर सार्वजानिक गरे । वाइसीएलका नाममा काठमाडौमा माओवादी लडाकूका व्यारेकजस्ता अखाडा स्थापना गरिए, रक्तचन्दन तस्करलाई तह लगाउने नाममा दोहोरो सत्ताको अभ्यास नै भयो ।

वाइसिएलका क्रियाकलाप यति उग्र भए कि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाल कोइरालाले योग कम्युनिष्ट लिगको विस्तारित रुप ‘योंग क्रिमिनल लिग’ पो राखिदिए । पञ्चायतको समयमा मण्डले भनेजस्तै काठमाडौंमा कसैलाई तर्साउन वाइसिएलको नाम लिन थालियो ।

नेपालमा ‘अक्टोवर क्रान्ति’

देशमा माओवादीको त्रास यति धेरै बढ्यो कि, तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले माओवादीहरु नेपालमा ‘अक्टोवर क्रान्ति’को तयारीमा लागेको भनेर अवधारणा पोखे । सोही बिषयलाई लिएर मोरियार्टीको गतिविधिले सीमा नाघेको भन्दै तत्कालीन जनमोर्चाका सांसद लीलामणि पोखरेलले संसदमै राजदूत मोरियार्टीलाई देश निकालाको माग गरेका थिए । माओवादीका कार्यकर्ताहरु बेलाबेलामा आफ्ना विरोधीलाई ‘मोरियार्टी प्रवृति’को संज्ञा दिन्थे ।

यसबीचमा नेपालमा एउटा ‘सेतो हात्ती’को जन्म भयो, अन्मिनका नाममा । त्यो सेतो हात्तीको चारोका नाममा नेपालमा एउटा वर्गले शहरमा गाडी र बंगला जोडे । तर जनयुद्ध लडेका लडाकूहरुलाई टाउकोमा ‘अयोग्य’को बिल्ला भिराएर शिविरवाट निकालियो । जसमध्ये कतिपय आजको दिनमा विभिन्न अपराधमा संलग्न छन् ।

‘भ्याकुर लखेटेझैँ लखेटौँ ’

माओवादीले शान्ति प्रक्रियाको बहानामा सरकारमा पनि बस्ने र आफ्ना जनयुद्धकालीन क्रियाकलापलाई निरन्तरता दिन थाल्यो । शहरमा माओवादीलाई कांग्रेस एमालेले च्यापेपछि प्रचण्डले कांग्रेस एमालेका कार्यकर्तालार्इ ‘भ्याकुर लखेटे झै लखेटन’ निर्देशन दिए ।

शान्ति प्रक्रियामा आएपछिका केही वर्षमा माओवादीहरुलाई १२ बुदे सहमतिका साझेदार शक्तिसंग दूरी बढाउने र राजावादीलाई निकटका मित्र झैं देख्न थाले । राजावादीहरुसंगको भेट बाक्लो हुन थाल्र्यो । त्यसवेला माओवादीका कटु आलोचक मानिने चित्रबहादुर केसीले भनेका थिए, ‘यी फुटेका कानले पारस शाहपनि माओवादी पार्टीमा प्रवेश गरेको सुन्न नपरोस् ।’

चुनावमा अप्रत्यासित नतिजा

यसबीचमा माओवादी सरकारमा जाने र सरकारवाट बाहिरिने क्रम बाक्लियो । माओवादीकै विरोधका कारण २०६४ मंसीरमा हुने भनिएको संविधानसभा चुनाव तोकिएको मितिमा भएन । त्यतिवेला माओवादीका सैद्धान्तिक नेता मानिने डा. वाबुराम भट्टराईले भनेका थिए, ‘माओवादीले हार्ने चुनावमा हामी भाग लिदैनौ ।’

कहिले माओवादी र कहिले कांग्रेस एमालेको जोखानाका कारण हुन नसकेको संविधानसभा चुनाव ०६४ चैत २८ मा सम्पन्न भयो । चुनावको नतिजा यति अप्रत्यासित आइदियो कि संविधानसभा विघटन पर्यन्त त्यसलाई धेरैले पचाउन सकेनन् ।

चुनावको सम्पूर्ण नतिजा नआउँदै २०६५ साल नयाँ वर्षको दिनमा देशभर कम्युनिष्ट झण्डाहरु फहराइए । हतियारबाट राज्यसत्ता परिवर्तनको लक्ष बोेकेर हिडेंका सशस्त्र हतियारधारी माओवादीको चमत्कारिक विजयले विश्व समुदायलाई नै आश्चर्यचकित बनाइदियो । शहरकेन्द्रीत विश्लेषकहरुका विश्लेषणहरु बेलुन फुटेझैं फुटे ।

पहिलो पटक चुनावमा भाग लिएको माओवादी यसरी उदायो कि, सरकारको नेतृत्व गरिरहेको र ‘लिगेसी’ बोकेका संसदवादी कांग्रेस र एमाले जोडदाको भन्दा पनि ठूलो । माओवादीको नाटकीय विजयको वास्तविकता स्वीकार्न धेरैलाई लामो समय लाग्यो । किनभने तथाकथित बुद्धिजीवीहरुले चुनावअघि माओवादीले १० सिट ल्याउने आँकलन गरेका थिए ।

उपत्यकाको उमेदवार सार्वजनिक गर्न आयोजित कार्यक्रममा एमालेका
नेता ईश्वर पोखरेलले माओवादीलाई यति कमजोर आँके कि ‘काठमाडौमा माओवादीसंग दशौं नभइ एघारौ निर्वाचन क्षेत्रका लागि तालमेल हुनसक्छ ।’ जबकि काठमाडौंमा दश निर्वाचन मात्र क्षेत्र थिए ।

‘भित्ते राष्ट्रपति’

०६४ सालको चुनावको पूर्वसन्ध्यामा माओवादी केही हतास देखिन्थ्यो, किनभने उनीहरुसंग चुनाव लडेको अनुभव थिएन । भलै ०४८ सालमा संयुक्त जनमोर्चाको नाममा चुनाव लडेको किन नहोस् । मिडियामा समेत त्यस्तै सामाग्री आएपछि प्रचण्डले एकपटक पत्रकारले ‘डलर खाएर समाचार लेखे’ भन्ने आरोप समेत लगाए, तर त्यो आरोप प्रत्युत्पादक सावित भयो ।

०६४ सालको चुनावताका माओवादीप्रति कांग्रेसभन्दा बढी आक्रामक एमाले देखिन्थ्यो । कारण के थियो भने अन्तरिम संसद गठन हुँदा कांग्रेसले माओवादीलाई एमाले सरह समान हैसियत दिएको थियो । माओवादी अध्यक्ष प्रचण्डलाई ‘भित्ते राष्ट्रपति’ भन्दै खिल्ली उडाउने काम पनि एमालेका कार्यकर्ताले गरेका थिए । तथापि जनताले परिवर्तन चाहेका थिए, आँखा चिम्लेर माओवादीलाई भोट हालिदिए । परन्तु जनताले माओवादीलाई भोट दिनुका बहुआयामिक कारण थिए ।

मोटाघाटा र दुब्लापातला

‘राधाकृष्ण मैनालीजस्ता मोटाघाटा, चिल्ला, सुकिलामुकिला’लाई नै सांसद ठान्ने नेपाली परिपाटीलाई चप्पल लगाएर आएका, हात खुट्टा फुटेका र खिनौटे नेताले प्रतिस्थापन गरिदिए, चुनावको नतीजा मार्फत । संसदका मर्यादापालकले सांसद नचिनेर ‘माननीयज्यू नमस्कार’ भनेर आदर गर्नुपर्ने व्यक्तिलाई ‘भाइ कता हो ?’ सम्म भन्नुपर्ने अवस्था आयो ।

प्रत्यक्षतर्फ झण्डै बहुमत सिट जितेपनि जनआन्दोलनका ‘महानायक’ गिरिजाप्रसाद कोइरालाले निर्वाचनको परिणाम स्वीकारेर सहज ढंगले सत्ताहस्तान्तरण गर्न राजी भएनन् । हतियार सहितको ‘फोर्स’लाई सत्ताहस्तान्तरण गर्न नहुने भन्दै माओवादीलाई सरकारको नेतृत्व दिन झण्डै चार महिना झुलाए ।

गिरिजाप्रसादलाई ‘ललीपप’

माओवादीले पनि गिरिजाप्रसाद कोइरालालाप्रति गम्भीर विश्वास घात गरे, पहिलो राष्ट्रपति बनाउँछौ भनेर कोइरालालाई राजतन्त्र फाल्ने कुरामा हौस्याए जुन गल्ती माओवादीले पछिमात्र महसूस ग-यो । यदि कोइरालालाई पहिलो राष्ट्रपति मानेको भए नेपालको राजनीतिले अर्कै बाटो समात्ने थियो । दोस्रो संविधान सभाको चुनाव गनुपर्ने थिएन, शायद माओवादीले भनेको प्रत्यक्ष कार्यकारीको व्यबस्था संविधानमा गरिन्थ्र्यो ।

त्यसो भएको भए नयाँ शासकीय स्वरुपको सुत्रधार प्रचण्ड निर्वाचित राष्ट्रपति बन्न पनि सक्थे । एमाले र मधेशवादी दलको बुई चढेर ‘जनयुद्धका सर्वोच्च कमाण्डर’ प्रचण्ड प्रधानमन्त्रीको घुम्ने कुर्सीमा त बसे तर जनताको पक्षमा केही गर्न सकेनन् । मौलिक नेपाली पोसाक दौरा–सुरुवाललाई ‘महेन्द्रवादी’ देख्ने प्रचण्ड टाइसूटमा भादगाउँले टोपीको ‘फ्युजन’ गरेर शपथ लिन शीतल निवास पुगे ।

कटवालसँगको कटुता

तत्कालीन प्रधानसेनापति रुक्माङगद कटवाल र माओवादी नेताबीच वाकयुद्ध यति चरम चुलीमा पुग्यो कि त्यतिखेर कतिपयलाई त यस्तो पनि लागेको थियो स् नेपाली सेनाले प्रधानमन्त्री बनेका प्रचण्डलाई सलामी पनि दिनेछैन । कटवालले प्रचण्डलाई सलाम गरेको दृष्य ‘नियमित आश्चर्य’ बनेको थियो ।

देशको प्रधानमन्त्री भएर बालुवाटार पुग्दा समेत प्रचण्डसंग नेपाली सेनाप्रति पूर्ण भरोसा थिएन । माओवादी लडाकूको एउटा सुरक्षा समूह केहीदिन बालुवाटारमै बस्यो । त्यसै बेला कोशीको बाँध फुटेर प्रचण्ड सरकारलाई थप प्रलय निम्त्याइदियो ।

प्रचण्ड र वायुउर्जा

माओवादीले सरकारको नेतृत्व लिएको केही महिनामै विद्युत आपूर्ति कटौती ९लोडसेडिङ० भयावह भयो । माओवादी सशस्त्र द्वन्द्वकै कारण अहिलेसम्मकै महंगो बनेको मध्य–मस्र्याङ्दी आयोजना उद्घाटन गर्ने सौभाग्य प्रचण्डले पाए, तैपनि लोडसेडिङ घटेन । अहिलेका प्रधानमन्त्री ओलीभन्दा पहिला वायुउर्जाको कुरा गर्ने प्रचण्ड नै हुन, उनी वायु उर्जाको अध्ययन गर्न युरोप घुमे । तर नेपालमा संभव रहेनछ भन्दै फर्किए ।

दिन, हप्ता र महिना हुँदै माओवादीले सरकार संचालन गरेको केही समय वितेपनि उनीहरुले जनतालाई तात्विक परिवर्तनको आभाष दिन सकेनन् । चुनावको अप्रत्याशित नतिजाले उन्मत्त माओवादीहरुले जनताले दिएको मतादेशको कदर गर्न सकेनन् ।

राज्य सञ्चालनको अनूभव शून्य भएका माओवादीको राजनीति यति अपरिपक्क भयो कि प्रत्यक्ष निर्वाचनतर्फ झण्डै बहुमत ल्याएको पार्टी संविधानसभाको लामो कालखण्डमा राज्यमन्त्रीको सुविधा सरहको उपसभामुख पदमा चित्त बुझाउन बाध्य भयो । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता पदहरु माओवादीको भाषामा ‘हरुवा’हरुले उछिट्याइदिए ।

देशमा आमूल परिवर्तन गर्छौँ भन्ने बाचा गर्दै आएको नयाँ पार्टी सरकारमा जाँदा जनताले ठूलो उपलव्धिको अपेक्षा गरेका थिए । तर दिनहरु बित्दै गए माओवादी सरकारले जनतालाई परिवर्तनको अनुभूति दिने खालको एउटै काम गर्न सकेन, तत्कालीन अर्थमन्त्री भट्टराईले राजस्व उठाउने बाहेक । राजश्व उठेपनि आर्थिक बृद्धिदर भने निराशाजनक नै रह्यो ।

चमत्कारको हौवा

प्रधानमन्त्री प्रचण्डले निराश जनतालाई आश्वस्त तुल्याउन सरकारले ‘अब ‘चमत्कार’ गर्ने भन्ने पटक पटक भाषण गर्नु बाहेक सिन्को भाँचेको देखिएन । कर्मचारीतन्त्रले असहयोग गरेको भन्दै लाचारी व्यक्त गर्ने बाहेक केही काम भएन । माओवादी नेता, सांसद र मन्त्रीको अहंकार थामिनसक्नु भयो । त्यसैले माओवादीका सांसद (झक्कु सुवेदी)ले सार्वजनिक स्थलमा चड्कन खानुपर्ने अबस्था पनि आयो ।

सारमाः विगतमा कांग्रेस एमालेलाई भ्रष्टको आरोप लगाउने माओवादीहरु आफैँ ‘महाभ्रष्ट’ भएर निस्किए । चप्पल लगाएर शहर छिरेकाहरुले काठमाडौंमा अग्ला महल ठड्याए, ब्राण्डेड गाडी चढ्न थाले र छोराछोरीलाई महंगा स्कुलमा भर्ना गरे ।

आधार इलाका बिर्सेर माओवादीहरु शहरकेन्द्रीत भए, ०६४ सालको चुनावको विजय उन्मादले उनिहरुलार्इ ‘राज्य कव्जा गरेको’ भ्रम भयो । संविधानसभामा अनावश्यक बखेडा झिक्न थाले, युवालाई अनिवार्य सैनिक तालिम जस्ता कुरा गरेर । संविधानसभामा पहिलो दल भएपनि माओवादीको भूमिका आलोकाँचो र अपरिपक्व देखियो ।

जनताको चौतर्फी निराशावाट उन्मुक्ति खोजिरहेको माओवादीले प्रधानसेनापति कटवाललाई कार्वाहीमार्फत आफ्नै सत्ताबहिर्गमनको बाटो खन्यो । प्रष्ट स्वीकार नगरेपनि कटवाल प्रकरण सरकारवाट बाहिरिन उसलाई गतिलो बहाना बन्यो ।

तुहिएको शहरी विद्रोह

प्रधानसेनापति बर्खास्तीका कारण दोहोरो सत्ताको खतरा रहेको भन्दै प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गरे । भोलिपल्टबाटै माओवादीले ‘राष्ट्रिय स्वाधीनता’को आन्दोलन शुरु ग-यो । सिंहदरवार कव्जा गर्ने भनेर कार्यकर्तालाइ काठमाडौ उता-यो, आम हड्ताल ग-यो । तर पानी परेपछि मकै छर्न भन्दै कार्यकर्ता भागे र काठमाडौका जनताको प्रतिकारपछि माओवादीको ‘शहरी बिद्रोह फ्युजन’ सफल भएन बरु तुहियो । त्यसपछि माओवादीले ‘नोकरसंग नभई मालिकसँग’ वार्ता गर्ने हुंकार ग-यो ।

यसबीचमा माओवादीप्रति अन्य दलको भय यति थियो कि प्रचण्डको व्यक्तित्व देखेर कांग्रेस एमालेले प्रत्यक्ष निर्वाचित शासकीय प्रणालीको प्रस्ताव अस्वीकार गरे । पहिलो संविधानसभाका बिषयगत समितिका बैठकमा कांग्रेस–एमालेका सांसदले ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा गए प्रचण्डले २५ बर्ष छाडदैनन्’ भन्ने अभिव्यक्ति दिए । भलै, डा. रामशरण महतले त्यो बेला पार्टीले खटाएमा प्रचण्डसँग चुनाव लड्न तयार रहेको टिप्पणी गर्न चुकेनन् ।

भ्लादिमिर पुटिन र रुझेको बिरालो

कुनैवेला प्रचण्ड यति शक्तिसाली थिए कि, रुसको भ्यादिमिर पुटिनजस्तै । प्रचण्डले बोल्दा देशमा तरंग आउँथ्र्यो । प्रचण्डका सार्वजानिक भाषणका अडियो क्यासेट बिक्री हुन्थे । भाषणहरू किताव बनेर छापिन्थे ।

माओवादी सत्ताबाट बाहिरिएको समयमा चितवनको शक्तिखोर शिविरमा ‘सेनामा समायोजना भएपछि हामी भाले हुन्छौँ’ भन्दै प्रचण्डले लडाकूलाई दिएको गोप्य प्रशिक्षणको भिडियो चुहियो । त्यसले हप्तौँसम्म राजनीतिलाई तरंगित गराइदियो । यही बहानामा लडाकूको समायोजनको काम लम्बियो ।

प्रचण्डले समयको गतिलार्इ चिनेनन् वा समयले उनलाई धोका दियो, दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा पहिलेको ‘शेर’ रुझेको बिरालोमा रुपान्तरण भइसकेको थियो । अघिल्लो निर्वाचनमा काग्रेस एमालेभन्दा दोव्वर ठूलो शक्ति एमाओवादी यसपटक एमालेको आधाभन्दा पनि सानो भएर खुम्चियो ।

कांग्रेसका कनिष्ठ कार्यकर्तासंग प्रचण्डले काठमाडौमा लज्जास्पद पराजय व्यहोरे । शीर्ष नेताको पराजयपछि सेनाले मतपेटिका लुकाएको बहाना बनाएर माओवादीले चुनावको परिणाम नै नमान्ने भनेर नौटंकी ग-यो । संविधानसभा वहिस्कार गर्ने भनेर अस्वाभाविक घुर्की देखायो । आवेगमा आएको माओवादीले विस्तारै आफ्नो बास्तबिक धरातल चिन्यो ।

‘सुप्रिमो’लाई गालामा झापड

संविधानसभा वहिस्कारको धम्की छाडेर रुझेको विरालो जस्तो लुरुलुरु संविधान सभामा आयो र उपसभामुख पद पायो । दोस्रो संविधान सभामा उसले उठाएका प्रायः सबै एजेण्डा पराजीत र गौण बने । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासकीय स्वरुपको बहस गर्ने एमाओवादी ‘सुधारिएको’ संसदीय व्यवस्थाको शासकीय स्वरुप मान्न बाध्य भयो ।

संविधानसभा भंग भएसंगै माओवादी आन्तरिक कलहमा फस्यो । प्रचण्डले क्रान्तिलाई धोका दिएको आरोप लगाउँदै माओवादीभित्र अवसर नपाएको मोहन बैद्य नेतृत्वमा एउटा ‘क्रान्तिकारी’ समूह अलग्गियो । फलस्वरुप चुनावमा प्रचण्ड नेतृत्वको माओवादीलाई ठूलो झड्का लाग्यो । माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा माओवादी कै कार्यकर्ताले ‘सुप्रिमो’ प्रचण्डलाई गालामा झापड हाने ।

प्रचण्ड र मोहनविक्रम

दोस्रो संविधानसभा निर्वाचित भएलगत्तै पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले यस पक्तिकारसंग भनेका थिए, ‘प्रचण्डले पार्टीको नेतृत्व हस्तान्तरण गरेनन् भने उनको हैसियत मोहन विक्रम वा रोहितको जस्तो सीमित हुनेछ ।’ प्रचण्डको शक्तिको क्षयीकरण यसरी भयो कि नेपाली पत्रकारले छुन नसक्ने प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग काठमाडौं आएका भारतीय पत्रकारले प्रचण्डलाई हातैले तानेर छुट्टै उभ्याएर टिप्पणी गर्न बाध्य तुल्याए ।

समकालीन नेताहरुमा प्रचण्ड ‘डायनामिक’ नेता अवश्य हुन्, तर उनका अभिव्यक्ति अस्थिर र अविश्वनिय हुने गर्छन् । नेपालमा राजतन्त्र उन्मुलन र गणतन्त्र स्थापनाको लागि भएको आन्दोलन सफल बनाउनमा प्रचण्डको भूमिका उल्लेख्य थियो । ०५० दशकको शुरुदेखि ०६० दशकको अन्त्यसम्म प्रचण्ड नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहे ।

०६० दशकको मध्यतिर नेपालमा माओवादीको उदय विश्वका कम्युनिष्टहरुका लागि प्रेरणाको बिषय बनेको थियो । बाँकी विश्वमा कम्युनिष्टहरुको अस्तित्व संकटमा परेको बेला नेपालमा चाहिँ माओवादीले शान्तिपूर्ण मतदानबाट एकप्रकारले ‘सत्ताकब्जा’ गरेको थियो, वास्तविक रुपमा नभएपनि विपक्षीहरु तर्सेका थिए ।

नेपालमा गणतन्त्र स्थापना लगायत महत्वपूर्ण राजनीतिक परिवर्तनमा प्रचण्डले नायकको भूमिका खेलेका हुन्––२०७० सालको संविधानसभा निर्वाचन र संविधान सभावाट नयाँ संविधान जारी गर्ने समयमा । संविधान ल्याउने मूल्यमा उनी पराजयको जोखिम मोलेर संविधान सभाको निर्वाचनमा होमिए ।

तरपनि समकालीन नेताहरु प्रचण्डलाई अस्थिर स्वभाव भएको नेताको रुपमा चित्रण गर्छन् । नेपाली काग्रेसका नेता डा. शेखर कोइराला प्रचण्डको भनाइमा स्थिरता नभएको टिप्पणी गर्छन् । हुनपनि प्रचण्ड सार्वजानिक भएको दिनदेखि नै विवादास्पद अभिव्यक्ति दिने नेता बने ।

भूमिगत जीवनबाट सार्वजानिक भएकै दिन प्रचण्डले नेपाली सेनालाई ‘हत्यारा, बलात्कारी’ भन्न पुगे । उनले गरेको पहिलो चीन भ्रमणवाट फर्कने क्रममा ‘पहिलो राजनीतिक भ्रमण त भारतबाटै शुरु हुन्छ नि’ भने र पछि भारतमा गएर उनले चतु¥याईपूर्वक आइएसआइको कुरा समेत उल्लेख गर्न पुगे । प्रचण्ड हुँदाहुँदा ‘एपेक’ नामक विवादास्पद संस्थाको उपाध्यक्ष बने र लुम्बिनीको विकासका लागि त्यही संस्थामार्फत काम गर्ने भन्दै हिंड्न समेत भ्याए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको विश्लेषण पनि डा. कोइरालाको भन्दा फरक छैन । उनी भन्छन्, ‘या प्रचण्ड बुझ्दैनन, या बुझेपनि काम गर्दैनन या द्विविधामा छन्’ । प्रचण्ड स्वयंले यसबीचमा पार्टी नराम्ररी बिग्रेकोले सिटामोलले मात्र नभई ‘भ्याक्सीन’ लगाउनु पर्ने भनेर भाषण समेत गरे तर काम केही गरेनन् ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रचण्डले आफूलाई शान्ति प्रक्रियामा हस्ताक्षर गरेको जीवित नेताको हैसियतमा कोइरालासँग तुलना गर्दै आफूलाई त्यसको जिम्मेवारी बोध गरेको दावी गर्ने गर्छन् ।

बीपी, मदन र प्रचण्ड ?

नेपालको राजनीतिमा बीपी कोइराला, मदन भण्डारी पछि प्रचण्डको नाम आउनसक्थ्यो यदि उनका अभिव्यक्ति र अडान परिपक्व हुन्थे भने । यो प्रश्न अझै पनि अनुत्तरित छः प्रचण्ड नायक हुन् कि खलनायक ?

नेपालमा गणतन्त्र स्थापना गर्ने आन्दोलनको नायक प्रचण्ड हुन्, चाहे माओवादीले उठाएको जातीयताको कुरा यतिवेला सबैका लागि गलपासो बनेको किन नहोस् । प्रचण्डलाई नायक मात्र होइन खलनायक ठान्ने पनि प्रशस्तै छन् । तमाम कमजोरीका वाबजूद प्रचण्ड सशस्त्र हतियारधारी शक्तिलाई शान्तिपूर्ण रुपान्तरण गर्ने अभियानका एकजना नायक चाहिँ हुन् भन्न सकिन्छ ।

कतिपय विश्लेषकहरुले प्रचण्डको आफ्नै मौलिक विचार छैन, उनी मोहन बैद्य र बाबुरामरुपी डुँगामा बसेर शयर गर्छन् भनेर पनि आरोप लगाउँछन् । आजको दिनमा बैद्य र बाबुराम प्रचण्डसंग छैनन । त्यसैले कतिपयको विश्लेषणमा प्रचण्डका आगामी दिनहरु चुनौतीले भरिएका छन् ।

आगामी निर्वाचनमा ‘नयाँ शक्ति’लाई पहिलो दल बनाउने दावी प्रचण्डका पूर्व सहकर्मी बाबुराम भट्टराईले गर्दै आएका छन् । तर प्रचण्ड स्वयं चाहिँ मोहन विक्रम र रोहित जस्तो भएर बस्छन् कि आफैले दावी गरे अनुसार एमाओवादीलाई पहिलो राजनीतिक शक्तिका रुपमा वदल्न सक्छन्, त्यो समयले देखाउने नै छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x