०८ असार २०८३, सोमबार

युद्धका लागि तयार छौं : उत्तर कोरिया

कात्तिक २०, २०७४
युद्धका लागि तयार छौं : उत्तर कोरिया

काठमाडौं, २९ चैत — उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा अमेरिकाले सैन्य जहाज पठाउनु गलत भएको बताएको छ । अनि तनाव बढ्यो भने युद्धका लागि आफू तयार रहेको पनि उसले चेतावनी दिएको छ ।


आइतवार अमेरिकाले उत्तर कोरियामा मार हान्नका लागि कोरियाली प्रायद्वीपतर्फ कार्ल भिन्सन स्ट्राइक ग्रुप पठाएको थियो ।

उत्तर कोरियाको न्युज एजेन्सी केसीएनएसँग कुरा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘अमेरिकाले जहाज पठाउन हतार ग–यो । हाम्रो सीमामा घुस्ने कोशिश गर्दैछ अमेरिका । उसले युद्ध चाहेको हो भने उत्तर कोरिया यसका लागि तयार छ ।’

सिरियामा आक्रमण गरेलगत्तै ट्रम्प प्रशासनले कोरियाली प्रायद्वीपमा सैन्य जहाज पठाएर उत्तर कोरियालाई चेतावनी दिएको थियो । ट्रम्पका सल्लाहकारहरूले पनि प्योङयाङको भविष्यका सम्बन्धमा धेरै विकल्पमाथि विचार गरिरहेको बताएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्