२९ जेठ २०८३, शुक्रबार

बेलायतबाट चीनका लागि रेल हिँड्यो, १२ हजार किमिको यात्रा

कात्तिक २०, २०७४
बेलायतबाट चीनका लागि रेल हिँड्यो, १२ हजार किमिको यात्रा

काठमाडौं, २९ चैत — बेलायतको एसेक्सबाट चीनका लागि सोमवार एक मालवाहक रेल गुडेको छ । सातवटा देश भएर जाने यो रेलले १२ हजार किलोमिटरको यात्रा गर्नेछ ।


रेलमा मदिरा, सफ्ट ड्रिंक, भिटामिन फूड र औषधिहरू पठाइएको छ ।

बेलायतबाट शुरु गरेर फ्रान्स, बेल्जियम, जर्मनी, पोल्यान्ड, बेलारुस, रुस र काजाकिस्तान हुँदै चीनको झेजियाङको यात्रा गर्नेछ यो रेलले ।

अपरेटरहरूका अनुसमार रेलबाट सामान पठाउनु विमान र पानीजहाजभन्दा सस्तो पर्छ ।

चीनको वान बेल्ट वान रोड परियोजना अन्तर्गत यो सेवा शुरु गरिएको हो । यसमार्फत दुई हजार वर्ष पुरानो रेशम मार्गलाई पुनर्जीवित गरिनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्