२३ असार २०८३, मंगलबार

कपिलले यी संगीतकारसँग झगडा गरेका हुन् ?

कात्तिक २०, २०७४
कपिलले यी संगीतकारसँग झगडा गरेका हुन्  ?

काठमाडौं, २९ चैत — कपिल शर्मा र सुनिल ग्रोवरको विवाद सेलाउन नपाउँदै कपिलले आफ्नो शोमा आएका एक संगीतकारसँग झगडा गरेको खबर आएको छ । खबर अनुसार कपिलले अतिथि बनेर आएका गायक तथा संगीतकार अमाल मलिकसँग झगडा गरेका कारण अमाल शूटिङ बीचमै छोडेर हिँडेका थिए ।


तर अमालले यी खबरहरू बकवास भएको प्रतिक्रिया दिए । पहिल्यै बनाएको योजना अनुसार काम गर्दा समय नपुगेकाले आफूले शूटिङमै नगएको उनको भनाइ थियो ।

खबरहरूका अनुसार त सोनाक्षी सिन्हा आगामी फिल्म नूरको प्रमोसनका लागि द कपिल शर्मा शो पुगिन् । नूरका संगीतकार अरमान र अमाल मलिक दाजुभाइलाई पनि कपिलले शोमा निमन्त्रण गरेका थिए ।

तर शूटिङ शुरु भएपछि कपिलको टिमले अरमानलाई दर्शकहरूको बीचमा बस्न लगायो । यो कुरा दाजु अमाललाई मन परेन र उनी शूटिङ छोडेर हिँडे । सोनाक्षी पनि यो सब देख्नुपर्दा निराश भइन् ।

तर अमालले ट्विटरमा खबर गलत भएको बताउँदै आफू शूटिङमै नगएको अनि बीचमै छोडेर हिँड्ने कुरै नउठ्ने बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्