०७ साउन २०८३, बिहीबार

तब्बुकी दिदी फराहमाथि ऋषि कपूरले गरे कडा टिप्पणी

कात्तिक २०, २०७४
तब्बुकी दिदी फराहमाथि ऋषि कपूरले गरे कडा टिप्पणी

काठमाडौं, २९ चैत — पैंतालीस वर्षको उमेरमा पनि तब्बु बलिउडमा सक्रिय छिन् । बलिउडका प्रतिभाशाली अभिनेत्रीमा गनिने तब्बुकी दिदी फराह नाज भने गुमनामीको जीवन बाँचिरहेकी छन् ।


‘नसीब अपना अपना’मा सहकलाकार रहेका ऋषि कपूरले फराहका बारेमा हालै कडा टिप्पणी गरेका छन् । फराहको फोटो ट्विटरमा पोस्ट गर्दै ऋषिले लेखे, ‘अत्यन्त सुन्दर र प्रतिभाशाली अभिनेत्री फराह नाज, तब्बुकी दिदी । व्यावसायिक भएकी भए अझै सफल हुन्थिन् ।’

हैदराबाद घर भएकी फराह सन् १९६८ को डिसेम्बर ९ मा जन्मेकी थिइन् । यश चोपडाको फिल्म ‘फासले’बाट उनले करीयर शुरु गरेकी थिइन् । फिल्ममा उनको मेहनत झल्किएपनि फिल्म आफैं भने फ्लप भएको थियो । फिल्ममा सुनिल दत्त र रेखा जस्ता कलाकार पनि थिए ।

तर ‘फासले’ फ्लप भएपनि उनलाई ठूलठूला अफर आउन थाले । यो देखेर उनकी आमा खुशी भइन् र उनीहरू मुम्बई आएर बस्न थाले ।

बलिउड अभिनेत्री शबाना आजमी फराहकी फुपू हुन् । शिक्षित परिवारकी फराहकी आमा विद्यालय शिक्षिका हुन् भने हजुरबुवा र हजुरआमा प्राध्यापक थिए ।

देवानन्दले फराहलाई देख्नेबित्तिकै फिल्ममा अफर दिएका थिए तर उनकी आमाले त्यतिखेर अफर मानिनन् ।
यश चोपडाले फासलेका लागि हिरोइन खोज्ने क्रममा देवानन्दलाई सोध्दा उनले फराहको नाम सिफारिश गरे । त्यतिखेर शबानाले फकाएपछि फराहकी आमाले छोरीलाई फिल्म खेल्न दिइन् ।

१९८० र १९९० को दशकमा फराह धेरै फिल्ममा देखापरिन् । तिनीहरू सुपरडुपर हिट नभएपनि फ्लप चाहिँ थिएनन् । तर त्यसपछि भने उनले फिल्म पाउनै छोडिन् र गुमनामीमा हराइन् । उनको अन्तिम फिल्म सन् २००५ मा आएको ‘शिखर’ थियो ।

दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्