२२ जेठ २०८३, शुक्रबार

लाइभ टिभीमा गल्ती गर्दा ... (भिडियो सहित)

कात्तिक २०, २०७४
लाइभ टिभीमा गल्ती गर्दा ... (भिडियो सहित)

काठमाडौं, २९ चैत — अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) टिभीमा लाइभ टिभी चलिरहेको बेलामा कलम खेलाएर बस्ने अनि यो हर्कत पनि लाइभ भएको थाहा पाएपछि नाटकीय प्रतिक्रिया दिने नताशा एक्सेलबाईलाई लाइभबाट रोक लगाइएको छ ।


एबीसीका समाचार निर्देशक ग्याभेन मोरिसले एक्सेलबाईलाई सजाय दिइएको तर जागिरबाट ननिकालिएको बताए ।
‘लाइभ टिभी सजिलो छैन र गल्तीहरू भइरहेका हुन्छन् । हाम्रो समाचारवाचकहरू मानिस हुन्, कुनै रोबोट हैनन्,’ मोरिसले भने ।

‘हामी अन–एयरका मापदण्डहरूलाई गम्भीर रूपमा लिन्छौं तर पर्फेक्सनको अपेक्षा गर्दैनौं । सामान्य गल्तीका लागि कसैलाई पनि कठोर सजाय दिनु हुँदैन । नताशाको कामकाजका बारेमा सार्वजनिक बहस गर्नु उपयुक्त हुँदैन ।’
मोरिसका अनुसार एबीसीले एक्सेलबाईलाई लाइभबाहेक अरू नै कार्यक्रममा लगाउनेछ ।

एक्सेलबाईले कलम खेलाएर बसेको अनि आफू लाइभ छु भन्ने थाहा पाएपछि मुख च्यातेर बाफरे भनेको कुरा देखेपछि दर्शकहरूलाई उनीप्रति सहानुभूति जाग्यो । उनलाई जागिरबाट हटाउन नहुने भन्दै तीन हजारभन्दा बढीले हस्ताक्षर संकलन गरेका थिए ।

हेरौं भिडियो :

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्