काठमाडौं, २९ चैत – चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘म बाँचेकै’ बोलको गीत सार्वजनिक भएको छ ।
बाँच्नुको कारण तिमीसँग माया लाउन हो भन्ने खालको शब्द रहेको गीतमा अभिनेत्री शिल्पा पोखरेल र विक्रम बुढाथोकीलाई फिचरिङमा देख्न सकिन्छ ।

गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ । भिडियोको निर्देशन र सम्पादन क्रान्ति केसीको रहेको छ । आशिष अविरलको संगीतमा प्रमोद खरेलले स्वर दिएका हुन् ।