०१ असार २०८३, सोमबार

सेलपे सेवा र सस्तोडीलबीच सेल–ए–ब्रेसन अफरको लागि सहकार्य

सेलपे सेवा र सस्तोडीलबीच सेल–ए–ब्रेसन अफरको लागि सहकार्य

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालको शीर्ष ई(कमर्स प्लेटफार्म सस्तोडीलसँग आगामी क्रिसमस र न्यूइयरलाई लक्षित गर्दै सेल–ए–ब्रेसन अफरको लागि सहकार्य गरेको छ ।

अफर २४  डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्म लागू हुनेछ । 

क्रिसमस र न्यूइयरमा खुशीयाली बाँड्नको लागि सेलपले सस्तोडीलसँग सहकार्य गरी सेल–ए–ब्रेसन अफर ल्याएको  छ । जसअन्तर्गत ग्राहकले सस्तोडीलमार्फत् प्रथम पटक कुनै पनि सामान किन्दा ४०% डिस्काउन्ट सेलपे एपमा लोयल्टी पोइन्टसको रुपमा पाउनेछन् र थप १०% डिस्काउन्टको सामानको खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउनेछन् ।

सस्तोडीलमा सेलपेमार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि सस्तोडीलमार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गरेपछि ‘पे नाउ’मा ट्याप गर्नुपर्छ ।

अफरको लाभ लिनको लागि चाँडै नै आफ्नो मोबाइलमा सेलपे एप डाउनलोड गरी बैंक खाता लिंक गर्नुपर्ने जनाइएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रूत, सरल तथा सुरक्षित सेवा हो । 

सेलपेमा वास्तविक समयमा भुक्तानी, विना वालेट कारोबार गर्न सकिने, सुरक्षित, मर्चेन्ट् शुल्क नलाग्ने, लोयल्टी पोइन्टस, सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरूका ग्राहकले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप स्टोरमा उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्