१६ असार २०८३, मंगलबार

चिनियाँ नागरिक पक्राउ प्रकरण - चिनियाँ इन्टरपोल प्रमुखले दिएको त्यो सूचना...

पुस ९, २०७६
चिनियाँ नागरिक पक्राउ प्रकरण - चिनियाँ इन्टरपोल प्रमुखले दिएको त्यो सूचना...

चिलीको सान्टियागोमा ९४ देशका प्रहरीहरूको संगठन इन्टरपोलको ८८ औं महासभा भइरहेको समयमा चीनका इन्टरपोल शाखा एनसिबी बेइजिङका प्रमुख र नेपाल इन्टरपोलको शाखा एनसिबी काठमाडौंका प्रमुख सर्वेन्द्र खनालबीच भेट भयो ।

भेटमा एनसिबी बेइजिङका प्रमुखले नेपालमा बसेर चीनका नागरिकहरूले चीनकै बिरुद्धमा इन्टरनेटमार्फत अपराध गरिरहको जानाकारी दिए ।

त्यसलगत्तै नेपाल प्रहरीका प्रमुखसमेत रहेका सर्वेन्द्र खनाल नेपाल आएर सूचना संकलन गर्न थाले । प्रहरी परिचालनपछि उनीहरूले काठमाडौं, पोखरा, चितवन लगायतका सहरहरूमा इन्टरनेटमार्फत अपराध गरिरहको सूचना प्राप्त भयो ।

प्रहरीले ‘चार्ली फोक्सर’ नामको अपरेशन चलायो । प्रहरीको सूचनामा नेपालमा ६ देखि ३ हजारसम्म चिनियाँ नागरिकहरू इन्टरनेटमार्फत अपराधमा संलग्न रहेको तथ्य देखियो ।

‘हामीले एकैसाथ सबैलाई पक्राउ गर्नेगरी अपरेशन चलाउने तयारीमा थियौं तर कसैले सूचना चुहाइदिएछ, त्यसपछि काठमाडौंमा मात्र अपरेशन चलाएको हौं,’ एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

एकल धनाढ्य महिलालाईनिशाना

उनीहरूले नेपालमा बसेर इन्टरनेटमार्फत चीनमा रहेका व्यापारिक घरानाका धनाढ्य महिला र सम्बन्धविच्छेद गरेका धनाढ्य महिलालाई निशाना बनाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरिक्षक निरज शाहीले बताए ।

‘उनीहरूले इन्टरनेटबाट चीनका धनाढ्य महिलालाई विभिन्न प्रलोभनमा पार्ने र ठगी गर्ने देखिएको छ,’ प्रमुख शाहीले भने ।

उच्चप्रविधियुक्तपरिचय पत्रको प्रयोग

काठमाडौंको तारकेश्वर नगरपालिका–१ मैनमैजुमा रहेको आलिशान घरमा उच्च प्रविधि र सुरक्षासहित उनीहरू बस्ने गरेको प्रहरीले जनाएको छ ।

उच्च सुरक्षा र जाँच गरेर मात्र भित्र जाने र भित्र गएकामध्ये धेरैजसो बाहिर नआउने गरेको स्थानीयहरूले बताएको अनुसन्धान संलग्न प्रहरी अधिकारीको दाबी छ ।

‘उनीहरू भित्रबाहिर गर्दा पनि सैनिक जस्ता लाग्ने मानिसहरूले जाँच र प्रविधि प्रयोग गरेर अवात-जावत गरेको स्थानीयले देखेका रहेछन्,’ ती अधिकारीले लोकान्तरसँग भने ।

उनीहरूले क्यानटिन र होस्टेल भित्र नै खानेबस्ने व्यवस्था गरेका थिए । महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले लोकान्तरसँग भने, 'उनीहरूले खानपान लगायतका अन्य बन्दोबस्त भित्र नै गरेको पाइयो ।'

७ सय भन्दा बढी मोबाइल, ३ सय भन्दा बढी ल्यापटप बरामद

पक्राउ परेका चिनियाँ नागरिकबाट प्रहरीले ठूलो संख्यामा मोबाइल र ल्यापटप बरामद गरेको छ ।

प्रहरीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ७ सय ४७ मोबाइल र ३३१ ल्यापटप बरामद भएको जनाएको हो ।

९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ डाइभ र ३२७ सीमकार्ड बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकबाट ६७ राहदानी पनि बराबद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरू प्रहरी हिरासतमै छन् ।

salt training

कमेन्ट गर्नुहोस्