११ असार २०८३, बिहीबार

वैदेशिक रोजगारीका नाममा साढे १० लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका नाममा साढे १० लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई  महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीका सञ्चालक भन्दै उनले १० लाख ५० हजार ठगी गरेका थिए।

काठमाडौँ सामाखुशी बस्ने हुमलाल गुरुङसमेतका व्यक्तिहरुले उनीविरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप कारवाहीका लागि बुधबार महानगरी प्रहरी परिसर टेकु बुझाइएको महाशाखाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्