०५ साउन २०८३, मंगलबार

सूर्य ग्रहणमा सार्वजनिक विदाको हल्ला किन चल्यो? यस्तो आयो गृहको प्रतिक्रिया

सूर्य ग्रहणमा सार्वजनिक विदाको हल्ला किन चल्यो? यस्तो आयो गृहको प्रतिक्रिया

 बिहीबार सूर्य ग्रहण लाग्दैछ। खण्डग्रास सूर्य ग्रहणको अवधि  २ घण्टा ४९ मिनेटसम्म रहेनछ।

करिब ६ वटा ग्रहहरु एकै स्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ। यो एकदमै दुर्लभ खगोलीय घटना भएको खगोलविदहरुले बताएका छन्।

बिहान सूर्यग्रहण लाग्ने भएपछि मुलुकका विभिन्न स्थानमा केही विद्यालयले विदा दिएको खबर आएको छ। बुटवल उपमहानगरपालिकाले त नगरभित्रका सबै विद्यालयमा बिदा दिने भएको छ।

बिहीबार सार्वजनिक विदा रहेको हल्ला समेत चलेको छ। तर बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने गृहमन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार सबै सरकारी कार्यालय तथा संघसंस्था नियमितझैँ सञ्चालन हुनेछन्। यद्यपि, यसबारे बुधबार गृहमन्त्रालयमा छलफल भने भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्