०७ असार २०८३, आइतबार

खतरनाक कैदीसँग अफयरमा यी महिला जेलर

खतरनाक कैदीसँग अफयरमा यी महिला जेलर

एक २७ वर्षीया महिला जेलरले कारागारमा बन्दी बनेका खतरनाक लुटेरासँग सम्बन्ध कायम गरेकी छिन्। ती महिला जेलर कैदीसँग फोनमा पनि कुराकानी गर्थिन्। महिलाले ती कैदीसँग तस्वीर समेत खिचाएकी छिन्।

जेलर आएशिआ गन र २९ वर्षीया कैदी खुरम रजाकबीच अफयर चलेको हो। यो घटना ब्रिटेनको वेल्सको हो। बर्विन जेलमा तैनाथ थिइन्। अनुसन्धानबाट यो कुरा खुल्यो कि ५ महिनामा (जुलाइदेखि नोभेम्बर) मा ती जेलरले कैदीसँग १२०० पटक फोन गरेकी छिन्।

ती महिलाई दोषी ठहर गर्दै १२ महिना जेल सजाए सुनाइएको छ। ती महिला कैदीलाई आफ्नो गोप्य भिडियो पनि पठाउने गर्थिन्। र, कैदीलाई कारागारमा मोबाइल राखेको कसुरमा दोषी ठहर्याइएको छ। 

महिलाको एउटा तस्वीर अदालतमा देखाइएको थियो। जसमा जेलको सेलमा ती महिला कैदीलाई चुम्बन गरिरहेकी हुन्छिन्। लुटेको अभियोगमा  दोषी करार भएका रजाक १२ वर्षको कैद सजाय भोगिरहेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्