
पर्वतको प्रहरी चौकी रानीपानीलाई भवन निर्माण गर्नका नि:शुल्क रुपमा जग्गा प्रदान गरिएको छ।
बिहादी गाउँपालिका ३ का सुमित्रा क्षेत्रीले करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको जग्गा प्रदान गरेकी हुन्। सो जग्गाको लालपूर्जा जिल्ला प्रहरी कार्यालय पर्वतलाई हस्तान्तरण गरिएको छ।
समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिको लागी प्रहरीको भूमिका अहम रहने र प्रहरी बिना समाजको कल्पना समेत गर्न नसकिने हुँदा उक्त सहयोग गरेको क्षेत्रीले बताइन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले यस्तो सहयोगले समुदाय र प्रहरीको अन्तर सम्बन्ध समेत प्रष्ट हुने र प्रहरीले समाजको हितको लागि गर्ने कार्यमा थप मनोवल प्राप्त हुने बताए।