१५ असार २०८३, सोमबार

परराष्ट्र सम्बन्ध बलियो बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

पुस १०, २०७६
परराष्ट्र सम्बन्ध बलियो बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरि राखी मित्रराष्ट्रहरूसँग नेपालको कूटनीतिक सम्बन्ध विकास एवम् विस्तार गर्नु आजको आवश्यकता भएको बताएकी छन् । 

नेपाल पूर्वराजदूत संघद्वारा बुधवार जेष्ठ पूर्वराजदूतलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् । 

उनले भनिन्, ‘हाम्रो भू–राजनीतिक अवस्था र राष्ट्रिय विकासका चाहनालाई दृष्टिगत गरी परराष्ट्र सम्बन्धलाई हामीले बलियो बनाउनुपर्दछ, असंलग्नता, संयुक्त राष्ट्रसंघको वडापत्र, मित्र राष्ट्रिय कानूनका सिद्धान्त, विश्वशान्तिको मान्यता र पञ्चशीलका मूलभूत सिद्धान्तका आधारमा हाम्रो बाह्य सम्बन्धलाई सुदृढ तुल्याउनुपर्दछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्