
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले मिलेनियम च्इालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सहायता सम्झौता सदनमा अनुमोदन हुनेमा कुनै द्विविधा नभएको बताएका छन् ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बधवार परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले सम्झौता अघि बढाउने गरी निर्णय गरिसकेकाले द्विविधामा नपर्न सांसदलाई आग्रह गरे ।
उनले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको पनि बताए । गोरखापत्र दैनिकमा खबर छ ।