काठमाडौं, २९ चैत ( प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी प्रमुखको नियुक्ती विधि सम्मत भएको भाएका छन् । उनले कार्य क्षमताको मूल्यांकनको आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्ने नयाँ परम्पराको सुरुवात भएको भन्दै अव प्रहरी महानिरीक्षकको नियुक्तीमा राजनीतिक हस्तक्षेप हुने परम्पराको अन्त्य हुने विश्वास पनि व्यक्त गरे ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
सरकारले आईजीपी नियुक्ती गरेर सर्वोच्च अदालतको सम्मान गरेको पनि स्पष्ट पारे । उनले आईजीपी नियुक्त गर्ने सरकारको कार्यक्षेत्रको समेत रक्षा गरिएको पनि स्पष्ट पारे ।