११ असार २०८३, बिहीबार

यसकारण गर्भवती हुन चाहन्छिन् कियारा

पुस १०, २०७६
यसकारण गर्भवती हुन चाहन्छिन् कियारा

अक्षय कुमार, करिना कपुर खान, कियारा आडवाणी र दिलजित दोसाँझ स्टारर फिल्म ‘गुड न्युज’ छिट्टै रिलिज हुँदैछ ।

फिल्म ‘आईबीएफ प्रेग्नेन्सी’मा आधारित छ । फिल्मको कथा करिना कपूर र कियारा आडवाणीको  ‘प्रेग्नेन्सी’ वरपर घुम्छ । 

हालै एक अन्तर्वार्तामा गर्भसम्बन्धी जोडिएका अन्धविश्वासका बारेमा कुरा भएको थियो । करिनाले पनि आफू गर्भवती हुँदा सुन्नुपर्ने विषयबारे बोलेकी थिइन् । 

करिनापछि अक्षय कुमारले गर्भवती महिलालाई लड्डु खाने सल्लाह दिने गरेको अनुभव सुनाए ।

कियारासँग सोधियो ‘के तिमीले पनि लड्डु खाएकी छौ ?’ यसको उत्तरमा कियाराले भनिन्, ‘मैले कहिल्यै लड्डु खाएकी छैन किनकि म गर्भवती भएकै छैन । म यसकारण गर्भवती हुन चाहन्छु, किनकि मैले चाहेको सबै कुरा खान पाऊँ ।’ अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्