१० असार २०८३, बुधबार

बलिउड गायिका भोस्ले नेपालमा, विमानस्थलमा भव्य स्वागत

पुस १०, २०७६
बलिउड गायिका भोस्ले नेपालमा, विमानस्थलमा भव्य स्वागत

बलिउडकी गायिका आशा भोस्ले बुधवार मध्याह्न नेपाल आइपुगेकी छन् ।

एअर इन्डियाको विमानबाट नेपाल आएकी उनी शनिवार सोल्टी होटलमा आयोजना हुने कन्सर्टका लागि आएकी हुन् ।

त्रिभुवन विमानस्थलमा ओर्लिएलगत्तै उनको भव्य स्वागत भयो । उनले सञ्चारकर्मीसँग छोटो कुरा गर्दै नेपाल आउन पाउँदा खुसी लागेको अनुभव सुनाइन् ।

नेपालमा पहिलो पटक कन्सर्ट दिन आएकी उनको यो दोस्रो नेपाल भ्रमण हो । 

साधना कला केन्द्रको निमन्त्रणामा नेपाल आएकी उनले ६० भन्दा धेरै चर्चित नेपाली गीत गाएकी छन् ।

 ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘साउने झरीमा’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भई नजाऊ कहिल्यै’, ‘मोहनी लाग्ला है’लगायत नेपाली गीतमा स्वर दिएकी गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्