
बाल्यकालदेखि नै हामीलाई राम्रो र नराम्रो बानीका बारेमा बुवाआमाले बताउनुुहुन्छ । कलिलो मस्तिष्कमा राम्रो र नराम्रोको छाप बसाइदिएपछि जिन्दगीभरि त्यस्तै लाग्छ । तर हामीले नराम्रो भनेर जानिराखेका केही बानीमा राम्रोपना पनि लुकेको हुन्छ । 
टिभी हेर्ने
बाल्यकालमा हामीलाई टिभी हेर्न प्रतिबन्ध लगाएर टिभी हेर्नु समयको बर्बादी हो भनिन्थ्यो । तर टिभी हेर्दा तनाव कम हुन्छ र सिर्जनात्मकता बढ्छ । तर टिभीमा ज्ञानवर्द्धक र स्वस्थ मनोरञ्जक सामग्री हेर्नुपर्छ र तनाव दिने कुराबाट बच्नुपर्छ ।
फ्याटी फूड्स
फ्याटी फूड्स खाँदा तौल बढ्छ भन्ने धेरैको मान्यता छ तर यो खाँदा भोक कम लागेर उल्टो तौल घट्छ पो ।
ढिलोसम्म सुत्ने
बिहान ढिलोसम्म सुत्न मजा आउँछ तर बाल्यकालदेखि नै यसो गर्नु नराम्रो भएको बताइँदै आएको छ । तर ढिलोसम्म सुत्दा स्मरणशक्ति बढ्छ र सिक्ने शक्ति पनि विकास हुन्छ । यसो भन्दैमा काममा जान ढिलो हुने गरी ओछ्यानमा पल्टेर बस्नु चाहिँ भएन ।
चकचक
बच्चाहरूलाई चकचक नगरेर चुपो लागेर बस भन्दै गाली गरिन्छ प्रायः । तर बालबालिकालाई क्यालोरी डढाउनका लागि चकचक गर्नैपर्छ अनि यसले उनीहरूलाई फुर्तिलो बनाउँछ तथा उमेर बढाउँछ ।
चर्को संगीत
चर्को आवाजमा गीत सुन्दा नोक्सानी हुन्छ भनिन्छ तर यसो गर्दा तनाव कम हुन्छ र हल्का भएको महसूस हुन्छ । तर लामो समयसम्म चर्को आवाजमा गीत सुन्नुभयो भने चाहिँ कान बिग्रन्छ ।
रिसाउनु
हुन त रिसाउनु राम्रो बानी हैन र बाल्यकालदेखि नै हामीलाई नरिसाउनु भनिन्छ । तर कहिलेकाहीँ रिसाउनु पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ किनकि यसो गर्दा मनमा गुम्सिएको कुरा निस्केर शान्तिको अनुभव हुन्छ । लामो समयसम्म रिसाउने र सानो सानो कुरामा पनि रिसाउने चाहिँ गर्नुभएन ।
एजेन्सी