०५ साउन २०८३, मंगलबार

नेपालमा पाइने दुर्लभ हाब्रेले अस्ट्रेलियामा जन्मायो सन्तान

नेपालमा पाइने दुर्लभ हाब्रेले अस्ट्रेलियामा जन्मायो सन्तान

अस्ट्रेलियाको पर्थ चिडियाखानामा दुर्लभ हाब्रे (रेड पान्डा) का सन्तान जन्मेका छन् । डिसेम्बर महिनाको आरम्भतिर जन्मेका ती हाब्रेहरूलाई सुरक्षित स्थानमा राखिएको छ र पर्यटकहरूले तिनलाई दुई महिनापछि मात्र हेर्न पाउनेछन् ।

चिडियाखानाका संरक्षक मार्टी बोल्यान्डले रेड पान्डाका साथै बिन्टुरोङ नामक भालु प्रजातिका जनावरको सन्तान जन्मिनु प्रजनन कार्यक्रमको सफलता भएको बताए । 

‘ध्यानपूर्वक बनाइएको जोडी र स्याहारसुसारका कारण क्रिसमसको उपहारका रूपमा यी जनावरहरू जन्मेका हुन्,’ उनले बताए । 

हाब्रेका दुई सन्तान डिसेम्बर २ मा जन्मेका हुन् । ६ वर्षीय हाब्रे सोमवार र दुई वर्षीया हाब्रे मैयाले उनीहरूलाई जन्माएका हुन् । 

‘पहिलोपटक आमा बनेकी मैयाको काम उत्कृष्ट छ,’ बोल्यान्डले भने । 

वनविनाश, चोरीशिकारी तथा अवैध रूपमा घरपालुवा जनावर राख्ने प्रवृत्तिका कारण संसारभरि १० हजारभन्दा कम रेड पान्डा रहेको बताइन्छ ।

‘रेड पान्डाहरू भिन्नाभिन्नै ठाउँमा बसोवास गर्ने हुनाले उनीहरूलाई जंगलमै प्रजनन गराउने अवसरहरू गुमेका छन् । त्यसैले चिडियाखानमा प्रजनन गराउने कार्यक्रम महत्त्वपूर्ण छ किनकि यसबाटै तिनीहरूको लोप हुने खतरा टर्छ,’ बोल्यान्डले भने । 

रेड पान्डाका सन्तान केही महिनाका लागि सुरक्षित स्थानमा बस्ने भए पनि पर्यटकहरूले तिनलाई सीसीटीभी क्यामरामा हेर्न पाउनेछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्