०२ असार २०८३, मंगलबार

जिग्री-पाँडेद्वारा धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग

जिग्री-पाँडेद्वारा धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् । 

जिग्री-पाँडेले एपी वान टेलिभिजनबाट प्रसारण भएको 'को बन्छ करोडपति' मा जितेको ८० हजार रुपैयाँ धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग गरेका हुन् । 

अर्जुन घिमिरेले सामाजिक सञ्जालम लेख्दै यसबारे जानकारी दिएका हुन् । 

उनले लेखेका छन्, 'जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले ए•पि•वान•टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिको पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौं,राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान ।'

salt training

कमेन्ट गर्नुहोस्