
गुँड बनाउँदा बनाउँदै एकछिन ब्रेक लिएर चुरोट तान्ने एउटा मुसाको हर्कत देखेर एक प्रकृतिप्रेमी तीनछक्क परेकी छन् ।

वेन्डी ब्रोडहर्स्टले आफ्नो छोरो ज्याकसँग मिलेर स्कटल्यान्डको एबरडीनमा फोटो खिच्दै गर्दा चुरोट पिउने मुसा फेला पारिन् ।
एउटा प्वालबाट फुत्त निस्कँदै अनि फेरि पस्दै मुसाले मुखमा चुरोट च्यापेपछि आमाछोरा नै हाँस्दा हाँस्दा बेहाल भए ।
ब्रोडहर्स्टले भनिन्, ‘मुसो भित्रबाहिर गरिरहेको थियो । त्यो एकदम क्युट हुनाले मैले फोटो खिच्न थालें । पछि त ऊ चुरोट मुखमा च्यापेर आयो । त्यो दृश्य बडा रमाइलो थियो । प्वालबाट फुत्त निस्केर एकछिन रोकिएर उसले चुरोट च्यापेको वास्तवमै रमाइलो थियो ।’
उनको श्रीमान् चुरोट पिउँछन् र उनैले बगैंचामा चुरोटको ठूटो फालेको हुनुपर्छ । मुसोले पनि त्यही चुरोट मुखमा च्याप्यो ।
द डेली मेलबाट