
सर्प देख्नेबित्तिकै हामीमध्ये धेरैको रौं ठाडो हुन्छ अनि डरले गर्दा हातगोडा काँप्न थाल्छ । डर स्वाभाविक पनि हो किनकि सर्पले डसेपछि विष लागेर मर्न पनि सकिन्छ ।

तर सबै सर्प विषालु हुँदैनन् । जस्तो, अजिंगर विषालु सर्प हैन । यसले सासले शिकार तानेर पेटमा लगेर पचाउने हो ।
साउथ अफ्रिकाको एक सुपरमार्केटमा एक महिलाले फ्रीज खोली हेर्दा १२ फीटको अजिंगर देखिन् । अनि डरले गर्दा उनी ठूलठूलो स्वरमा चिच्याउन थालिन् ।
दही किन्नका लागि ती महिलाले फ्रीज खोल्दा बट्टाहरूको बीचमा अचम्मको कुरा देखिन् । ध्यान दिएर हेर्दा त बट्टाहरूको बीचमा अजिंगर गुँडुल्किएर पो बसेको रहेछ ।
महिलाले चिच्याएर मानिसहरूलाई बोलाइन् र तत्काल स्टोर व्यवस्थापकलाई सूचना दिइन् । अनि साँपविशेषज्ञहरूलाई बोलाएर अजिंगरलाई बाहिर निकालियो । त्यति ठूलो अजिंगर कसरी फ्रीजमा पस्यो होला भनी मानिसहरू तीनछक्क परेका छन् ।
एजेन्सी