
काठमाडौं, २९ चैत — कुलभूषण जाधवलाई पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाएपछि भारतीय गायक अभिजीतले विवादास्पद बयान दिएका छन् ।

उनले भने, ‘पाकिस्तानीहरूलाई भेट्नेबित्तिकै रुखमा झुण्ड्याइदिनू, तिनीहरू महेश भट्ट र करण जोहरको घरमा भेटिन्छन् ।’
सोमवार भारतीय नेभीका अफिसर कुलभूषणलाई पाकिस्तानमा मृत्युदण्ड दिएको थियो ।
अर्को ट्वीट गर्दै उनले भने, ‘यससम्बन्धमा सबै खानहरू किन चुप छन् ?’
अभिजीत पहिला पनि विवादित बयान दिएर तरंग ल्याउँथे । कलाकारहरूका लागि आपत्तिजनक शब्द प्रयोग गरेका छन् उनले ।
एजेन्सी